उत्तर कोरियाको निशानामा जापान र अमेरिका नै किन ?



काठमाडौं । उत्तर कोरियाले राजधानी पोङयाङको पूर्वी दिशामा जापानतर्फ फेरि अर्को मिसाइल छोडेको छ । दक्षिण कोरिया र जापानी सरकारले यसको पुष्टि गरेका छन् ।

यसअघि संयुक्त राष्ट्रसंघले नयाँ आर्थिक नाकाबन्दी लगाएपछि उत्तर कोरियाले अमेरिकालाई ठूलो चोट पुर्याउने धम्की दिएको थियो ।

अमेरिकामाथी राजनीतिक, आर्थिक र सैन्य मुकाबलाको सामना गर्न तयार रहन उत्तर कोरियाले चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिका र जापानसँग आक्रोशित उत्तर कोरियाले यसअघि पनि जापानमै मिसाइल छाडेको थियो । यसलाई जापानका प्रधानमन्त्री सिन्जो आवेले अभूतपूर्व खतरा भनेका थिए ।

यता शुक्रबार छाडिएको मिसाइल पनि करिब ७७० किमी उचाइमा पुगेको थियो । दक्षिण कोरियाका सेनाकाअनुसार यो मिसाइल करिब ७७० किमी उचाइमा गएको थियो । यसले करिब ३७ सय किमी तय गरेको बताइएको छ ।

रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यो मिसाइल स्थानीय समयअनुसार बिहान ७ बज्न ३ मिनेट बाँकी छँदा छाडिएको थियो । यो ७ बजेर ६ मिनेटमा जापानको होकाइदो द्धिप माथि पुगेको थियो ।

जापानले आफ्ना नागरिकलाई सतर्क रहन आग्रह समेत गरेको छ । दक्षिण कोरियाका राष्ट्रपतिले उत्तरको यो कदमपछि दक्षिण कोरियाका राष्ट्रपतिले सुरक्षा परिषदको बैठक बोलाएका छन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: