सुनको भाउ २ सयले बढ्यो


काठमाडौ । मंगलबार सुनको मूल्य उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले उकालो लागेर तोलाको ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य सोमबार तोलाको ५२ हजार ७ सय रुपैयाँमा स्थीर रहेको थियो ।

मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस ११ सय ४८ डलर हाराहारीमा कारोबार भएको थियो ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...