नेप्से २६ अङ्कले घट्दा ३९ करोडको कारोबार


काठमाडौं । साताको दुई दिन लगानीकर्ताहरुलाई हर्षित बनाएको सेयर बजारले मङ्गलवार भने उक्त खुःसीलाई कायम राख्न दिएन । अधिकाशं दिन ओरालो लाग्ने र केही दिन मात्र उकालो लाग्ने गरेको बजार यो साताको सुरुवातका दुई दिन बढेर मङ्गलवार भने घटेको छ । आइतबार र सोमबार दोहोरो अङ्कले उकालो लागेको बजार मङ्गलवार २६.०३ अङ्कले घटेको हो ।

नेप्से २६.०३ अङ्कले ओरालो लागेर परिसूचक १४५६.८२ अङ्कले ओरालो लाग्दा समग्र बजार १.७६ प्रतिशतले ओरालो लागेको छ । १३० कम्पनीको ६ लाख ७१ हजार कित्ता सेयर ३९ करोड ७३ लाख ५५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.८४ अङ्कले ओरालो लागेको छ ।

यो दिन सबै समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बिमा समूहको परिसूचक २१६.९६ अङ्कले ओरालो लागेको छ । यस्तै बैङ्किङ समूहको परिसूचक २६.९४, होटेल समूहको २५.२९, डेभलपमेन्ट बैङ्क समूहको २४.३, जलविद्यूत समूहको १८, वित्त समूहको २.७६ र अन्य समूहको शून्य दशमलव ५७ अङ्कले ओरालो लागेको छ ।

यो दिन सबै भन्दा बढी एभरेष्ट बैंङकको दुई करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएकाे छ ।यो दिन अरुण फाइनान्सको सेयर मूल्य ९.८९,  सप्तकोशी डेभलपमेन्ट बैंङक ९.६५, ग्रिन डेभलपमेन्ट बैंङकको ६.०३, प्रोगेसिभ फाइनान्सको ४.१७ प्रतिशत सेयर मूल्य बढेको छ ।

यस्तै साझा विकास बैंङकको ७.३०, महिला सहयात्रा माइक्रो फाइनान्सको ५.७१, युनाइटेड फाइनान्सको ५.७०, प्रुडेन्सियल इन्स्योरेन्सको ५.७०, कालिका माइक्रो फाइनान्सको सेयर मूल्य ५.६३ प्रतिशतले घटेको छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: