हेटौडामा जारी गोल्डकपमा मनाङ मर्स्याङदी क्लब सेमिफाइनलमा प्रवेश


हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा भएको अन्तिम आठको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबको चुनौती ३–२ गोल अन्तरले समाप्त गर्दै मनाङ मर्स्याङदी क्लब हेटौंडामा जारी टुबोर्ग दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता–२०७३ को सेमिफाइनलमा प्रवेश गरेको छ

 

खेलको क्रममा  अफ्रिकन खेलाडी सिसकोले खेलको ३२ औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाए । उनले डोना थापाको कर्नर बलमा गोल गरेका थिए । ५५ मिनेटमा एपीएफका रञ्जन बिष्टलाई फाउल गरेबापत् मनाङका कप्तान सुजल श्रेष्ठलाई रेफ्री सुदिश पाण्डेले रेडकार्ड देखाएका थिए । दश खेलाडीमा सीमित भएपनि मनाङले सम्हालिएर खेलमा प्रस्तुत भएको थियो । मनाङका लागि अफ्रिकन खेलाडी हफिज ओलावालेले ६६ औं मिनेटमा गोल गरेका थिए ।

उनले ८४ औं मिनेटमा पनि थप गोल गर्दै टीमको अग्रतालाई बढाएका थिए । मनाङ दश खेलाडीमा सीमित भएको मौका छोप्दै एपीएफको डिफेन्स लाइन अगाडि बढेर खेल्न खोज्दा खेलमा पछाडि परेको हो । एपीएफका गोलरक्षक अमृत चौधरी दुवै गोल भएको समयमा ‘आउट अफ पोजिसन’ थिए ।

खेल सकिन दुई मिनेट बाँकी रहेको अवस्थामा एपीएफका अञ्जन बिष्टले गोल गर्दै खेलमा फर्किने संकेत गरेका थिए । बिष्टले नै अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गरेपनि खेलमा फर्काउन भने सकेनन् । अञ्जनले ८५ औं मिनेटमा प्रहार गरेको सट बारमा लागेर फर्किएको थियो । मनाङका प्रशिक्षक छिरिङ लोप्साङले खेलाडीहरु फिटनेस अवस्था कमजोर भएको कारण खेलमा गाह्रो भएको बताए ।

‘तुलनात्मकरुपमा खेलाडीको फिटनेस कमजोर देखियो । वास्तविक खेल भने हाम्रा खेलाडीले खेल्न सकेनन् । पहिला नै स्कोर भएको कारणमात्र हामीले खेल जित्न सकेका हौं । नत्र, गाह्रो हुन्थ्यो,’ उनले भने । लोप्साङका अनुसार एपीएफले आफ्नो खेल मिलाउने भन्दा पनि मनाङको खेल बिगार्नेतर्फ लाग्दा आफूहरुको जीत भएको बताए ।

 

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: