देवकोटा जिताऔं आर्थिक संकलक को को थिए ?


काठमाडौं । २०७३ मंसिर २९ गते नेपालगंजमा सम्पन्न भएको एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको महाधिवेशनमा माधव नेपाल पक्षलाई हराउन आधिकारिक ट्रृडेयुनियन(सीबीए) अध्यक्ष पुण्यप्रसाद ढकालको योजनामा ठूलै स्केलमा आर्थिक स्रोत जुृटाइएको तथ्य खुलेको छ । सीबीएकै सदस्य तथा आधा दशकदेखि राहत पुनस्र्थापना इकाईको लेखापालमा कार्यरत लेखनाथ कोइरालाको संयोजकत्वमा केदारप्रसाद देवकोटा जिताउन आर्थिक संंकलन समिति नै गठन गरिएको खुलेको छ । स्रोतका अनुसार, समितिमा भन्सार, राजस्व, जिल्ला प्रशासन कार्यालय, बैदेशिक रोजगार विभाग, अध्यागमन, मालपोत कार्यालय जस्ता रकम कलमको कारोवार हुने जनसम्पर्क कार्यालयका कर्मचारी राखी ब्यापक रुपमा रकम संकलन गरिएको थियो । समग्र संगठनको महाधिवेशनको खर्च २४ लाख रुपैयाँ भएको थियो भने सीबीए अध्यक्ष पुण्य ढकाल र देवकोटाहरू बसेको नेपालगंजको सिटी होटलको बील नै ५६ लाख रुपैयाँ भएको समाचार त साँघुले उजागर गरिसकेको छ ।

को को थिए त आर्थिक समितिमा ?
लेखनाथ कोइराला संयोजकत्वमा सामान्य प्रशासन मन्त्रालयका इश्वर ओझा, शान्ति मन्त्रालयका गणेश आचार्य, बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलका भीष्म दाहाल यातायात कार्यालय बागमतीका नारायण थापा र शिक्षाका गंगाबहादुर सुनुवार रहेका थिए् । स्रोतका अनुसार, बैदेशिक रोजगार विभागकी उपसचिव गोमा ढकाल, अध्यागमन कार्यालयका महेन्द्र विक, अर्थमन्त्रालयका सूर्य कुँवर र दयाराम श्रेष्ठले पनि आर्थिक पाटोको जिम्मा लिएका थिए । जिल्ला प्रशासन कार्यालयहरूबाट उठाउने काम गृहका दयाराम श्रेष्ठले गरेका थिए । बामदेव वलीले जिल्ला विकास समितिबाट आर्थिक स्रोत जुटाउने जिम्मेवारी पाएका थिए ।

कोहलपुर राजस्व अनुसन्धान इकाईका प्रमुख शिव भण्डारी, जिल्ला प्रशासन कार्यालय काठमाडौंका चित्र गुरागाईं र अशोक पोखरेल, मेची भन्सार कार्यालयका लोकेन्द्र बम, पोखराका अशोक खनाल र सडक डिभिजन कार्यालय इलामका टिकेन्द्र थापाले केदार देवकोटाका लागि आर्थिक संकलन गर्ने जिम्मा पाएका थिए । उनीहरू सबैले धाकधम्की दिंदै रकम उठाएको आरोप छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: