दुर्घटनाग्रस्त रसियाली विमानको ब्ल्याक बक्स भेटियो


रसिया । रसियाली रक्षा मन्त्रालयले आइतबार ब्ल्याक सीमा दुर्घटनाग्रसत सैनिक विमानको उडानका समयमा गतिविधि रेकर्डलाई सुरक्षीत गर्ने ‘ब्ल्याक बक्स’ मङ्गलबार बिहान भेटिएको बताएको छ ।

आइतबार रसियाबाट सिरियाका लागि ९२ यात्रुसहित उडेको विमान ब्ल्याक सीमा विस्फोट भएको र विमानमा यात्रारत सबै यात्रुको जीवित पाउने आसा नपाइएको रसियाले जनाएको छ ।

विमानको एउटा ब्ल्याक बक्स खासै नबिग्रिएको अवस्थामा समुद्रको सतहबाट करिब दुई किलोमिटर टाढा पानीभित्र भेटिएको जनाएको छ ।

मङ्गलबार रक्षा मन्त्रालयद्वारा एक विज्ञप्ति जारी गरी ‘फ्लाइट डाटा रेकर्डर’ लाई मस्कोस्थित मन्त्रालयको ल्याबमा ल्याइएको बताउँदै रेकर्डरमा खासै क्षति नपुगेको बताएको छ ।
-एएफपी

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...