सुनचाँदीको मूल्य फेरी बढ्यो


काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबार ११ महिनायताकै सस्तो मूल्य ५१ हजार ८ सय रुपैयाँ कायम रहेको सुन त्यसयता सामान्य बढ्दै गएको छ।

आइतबार दुई सयले बढेर ५२ हजार कायम रहेकोमा मंगलबारसम्म त्यही मूल्यमा कारोबार भएको थियो। आज बुधबार पुनः ४ सय रुपैयाँले बढेर प्रतितोला ५२ हजार ४ सय रुपैयाँ कायम रहेको छ।

त्यस्तै चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेको छ। अघिल्लो दिनसम्म ७ सय ५० रुपैयाँ कायम रहेको चाँदी बुधबार ७ सय ६० कायम भएको छ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...