आईएनजिओलाई ‘डिसेम्बर चटारो’: बजेट सक्न हम्मेहम्मे !


काठमाडौं । आईएनजीओले डिसेम्बरभित्र प्रतिवेदन बनाउनुपर्ने र जनवरीदेखि नवीकरण थाल्नुपर्ने भएकाले राजधानीका तारे होटलका बैठककक्ष भरिएका छन् ।अहिले राजधानीका तारे होटलका सबै बैठक कक्ष आईएनजीओकै बैठक तथा कार्यक्रमले भ्याइनभ्याइ भएको होटल संघ नेपाल (हान) का महासचिव विनायक शाहले बताए ।

उनका अनुसार आईएनजीओकै कार्यक्रमले गर्दा डिसेम्बर होटलको बिजनेस हुने सिजन हो । आईएनजीओका लागि अहिले पाँचतारे होटलका तुलनामा तीनतारे र चारतारे होटल अलिक आकर्षण हुने गरेको उनको भनाइ छ ।आईएनजीओका लागि डिसेम्बर सबैभन्दा बढी ‘पिक आवर’ भएकाले पनि वर्षभरिको कार्यक्रमको समीक्षा गर्ने तथा प्रतिवेदन बनाउने समय हो । त्यसैले पनि होटलका बैठककक्ष भरिभराउ हुने गरेको शाहको बुझाइ छ । अहिले राजधानीका तीनतारेदेखि पाँचतारेसम्म होटलका बैठककक्ष आईएनजीओको बैठकले भरिएका छन् ।

वर्षभरिको कामको प्रगति विवरण बनाउनुपर्ने भएकाले होटलमा आउने र दिनदिनै सभा गर्ने काम सामान्य जस्तै भएको होटल हिमालयका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रह्लादराज कुँवरले बताए । वार्षिक प्रतिवेदनका लागि मात्रै नभएर त्रैमासिक तथा अर्धवार्षिक प्रतिवेदनका लागि पनि होटलमै कार्यक्रम हुन्छन् । जिल्लाबाट आउनेलाई तालिम, रिफ्रेसमेन्ट कार्यक्रम होटलमै हुन्छ ।

आईएनजीओको कार्यक्रम होटलको आम्दानीको उपयुक्त माध्यम भएको होटल सांग्रिलाका ब्याङ्वेट सेल्स म्यानेजर जित लामाले बताए । उनका अनुसार सरकारी संस्थालाई दियो भने पैसा उठाउनै ढिलो हुन्छ । आईएनजीओलाई दिँदा समयमै पैसा आउने र कार्यक्रम व्यवस्थापन गर्न पनि सहज हुने होटल व्यवसायीको अनुभव छ ।गैरसरकारी संस्था महासंघका अध्यक्ष गोपाल लम्सालका अनुसार आईएनजीओको नेपालमा ‘पेपर वर्क’ मात्रै बढी तर व्यावहारिक काम भने कम हुने गरको प्रतिक्रिया दिए ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...