फरार सूचीमा रहेका व्यवसायी सुधिर बस्नेत पक्राउ


काठमाडौं । फरार सूचीमा रहेका व्यवसायी सुधिर बस्नेत पक्राउ परेका छन् । अदालतको फैसला कार्यान्वयन इकाई, काठमाडौं परिसर अपराध महाशाखाको टोलीले उनलाई धापासीस्थित घरबाट मंगलबार राति साढे ११ बजे पक्राउ गरेको हो ।

घरजग्गा र हाउजिङको कारोबार गर्न १४ बैंकबाट १ अर्ब ६० करोड रुपियाँ ऋण लिएका बस्नेत उक्त रकम नतिरी वर्षौदेखि फरार थिए । काठमाडौं जिल्ला अदालतको दुई वटा फैसला र भक्तपुर जिल्ला अदालतको एक फैसला कार्यन्वयन नभएको भन्दै उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...