साफ महिला फुटबलः नेपालले आज माल्दिभ्सको सामना गर्ने


काठमाडौं । भारतको सिलिगुढीमा सम्पन्न चौथो साफ महिला फुटबल च्याम्पियनसिपमा आज(बुधबार) नेपालले माल्दिभ्सको सामना गर्दैछ ।

पहिलो खेलमा भुटानलाई ८-० ले पराजित गरेको नेपाल आज माल्दिभ्सविरुद्ध पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

माल्दिभ्सले भने पहिलो खेलमा श्रीलंकालाई ५-२ ले पराजित गरेको थियो । प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको नेपाली टोलीले यसपछि समुहको अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ ।

सात राष्ट्र सहभागि प्रतियोगिताको अर्को समुहमा भारत, अफ्गानिस्तान र बंगलादेश रहेका छन् ।

सन् २०१० बाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा यसअघिका तीन वटै संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...