संसद्मा अवरोध हुँदा सरकारलाई निर्वाचन घोषणा गर्न केले रोकेको छ ? -ओली


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव र निर्वाचन घोषणाबीच कुनै सम्बन्ध नभएकाले सरकारले तत्काल निर्वाचन घोषणा गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको एक प्रतिनिधिमण्डलले संविधान कार्यान्वयन र निर्वाचन गराउन भन्दै आज एमाले केन्द्रीय कार्यालय पुगेर ज्ञापनपत्र दिएपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधान बमोजिम तीनवटै तहको निर्वाचन गराएरै छाड्ने उद्घोषण पनि गर्नुभयो ।उहाँले भन्नुभयो – ‘‘संविधानविपरीत संविधान संशोधन आएकाले संसद्मा छलफल गर्न रोकेका हौँ, तर संसद्मा अवरोध हुँदा सरकारलाई निर्वाचन घोषणा गर्न केले रोकेको छ ? के संसद्बाट निर्वाचन घोषणा गर्ने हो र ?’’

के एमाले पनि सरकारमा गएर निर्वाचन गराउने हो र भन्ने प्रश्नमा उहाँले भन्नुभयो – “वर्तमान सरकारको आयु चार महिना मात्रै छ । अहिलेको गठबन्धनमा रहेका दलमा सहमति कार्यान्वयनको संस्कार नभएकाले त्यसपछि के हुन्छ हेर्दै जाउँ तर एमालेले निर्वाचन    गराउँछ ।उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पारित हुने र संविधान संशोधन प्रस्ताव विफल हुने ठोकुवा गर्दै आफ्नो पार्टीले मुलुकलाई कुबाटोमा जान नदिई लोकतान्त्रिक बाटोमा अघि बढाउने जनाउनुभयो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधन प्रस्तावका कारण उत्पन्न गतिरोध तोड्न सरकार लचिलो हुनुपर्ने बताउनुभयो ।क्लबका अध्यक्ष ऋषि धमलाले अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...