संसद बैठक : पूर्व सांसद बुद्धरत्न मानन्धरको निधनप्रति शोक प्रस्ताव पारित


काठमाडौं । व्यवस्थापिका संसदले पूर्व सांसद बुद्धरत्न मानन्धरको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको संसद बैठकले मानन्धरप्रति एक मिनेट मौनधारण गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

उहाँको गएराति अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । अघिल्लो संविधानसभामा नेपाः राष्ट्रिय पार्टीका तर्फबाट उहाँ सभासद बन्नुभएको थियो । संशोधन प्रस्तावको विरोधमा संसद बैठक अवरोध गर्दै आएका विपक्षी मंगलबार शोक प्रस्ताव मात्र पारित गर्ने कार्यसूची तय भएपछि बैठक चल्न दिएका थिए । संसदको अर्को बैठक बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...