पार्किङ गर्ने बेला दुईवटा प्लेन आमनेसामने भएपछि…


काठमाडौं । मंगलबार बिहान दिल्लीको इन्दिरा गान्धी एयरपोर्टमा इन्डिगो र स्पाइसजेट प्लेन आमनेसामने भएपछि एयरपोर्टका अधिकारी र यात्रुमा कोलाहल मच्चिएको थियो ।

१७६ यात्रु बोकेको इन्डिगो विमान लखनउबाट आउँदै थियो । विमान पार्किङ गर्ने क्रममा विमान चालकले स्पाइसजेटको अर्को विमान केही मिटर पर देखेपछि अचानक ब्रेक लगाएको स्रोतले बताएको छ ।

इन्डिगो फ्लाइट सिक्सइ ७६९ ले आफ्नो लाइट निभाएको स्रोतले बताएको छ ।

स्पाइसजेटका प्रवक्ताका अनुसार दिल्ली–हैदराबाद फ्लाइट एसजी १२३ले हवाई यातायात नियन्त्रणको निर्देशन पालना गरेको थियो ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: