सहकारीको सदस्य संख्यामा १६ लाखले बृद्धि भएको पछिल्लो तथ्यांङ्क


राष्ट्रिय सहकारी संघका अध्यक्ष तथा सांसद केशव बडालले नेपालको कूल जनसंख्यामध्ये करिब ६७ लाख जनता सहकारीको सदस्य रहेको बताउँदै एउटा पनि सहकारीले सहकारीको दर्शन, सिद्धान्त र मूल्य मान्यता विपरित जान नहुने बताउनुभएको छ । सोमबार कलंकी आसपासका नौ वटा साकोसहरुले नेफ्स्कूनका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा आयोजना गरेको कार्यक्रमको अवसरमा अध्यक्ष बडालले सो कुरा बताउनुभएको हो । उहाँले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा सहकारीको भूमिका अत्यन्त गहन बन्दै गएको, सहकारीको दीगो र सबल विकास मार्फत नै राज्यलाई कर तिर्न सक्ने अर्थिक रुपले सबल नागरिक निर्माणमा योगदान गरेको बताउनुभयो । राष्ट्रिय सहकारी संघले सम्पूर्ण सहकारी अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेको र सहकारी ऐन, नीति, नियम निर्माणमा प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।


राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले सहकारी एकीकरणको अभियानमार्फत सहकारीमा गुणात्मक विकास सम्भव हुने र सहकारीमार्फत ठूला आर्थिक कारोबारहरु समेत गर्न सकिने बताउँदै राष्ट्रिय सहकारी बैंकले सहकारीहरुलाई विभिन्न सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष डिबी बस्नेतले बचत तथा ऋण सहकारीहरुले दिएको सम्मान र सुझावले नेफ्स्कून पदाधिकारीमा गहन जिम्मेवारी थपिएको महशुस भएको बताउदै साकोसहरुबाट प्राप्त सुझावहरु अत्यन्त सादर्भिक भएकाले यसको अक्षरशः पालन गरी नेफ्स्कूनको नीति र कार्यक्रमभित्र समावेश गरिने बताउनुभयो ।


कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष पार्वती खाँड राई, महासचिब चन्द्रप्रसाद ढकाल लगायत सञ्चालक एवं लेखा समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाका साथै बरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो । कलंकी आसपास क्षेत्रका भूगोल साकोस, सुनौलो आयाम साकोस, शुभ श्री बालकुमारी साकोस, होस्टेहैंसे साकोस, सहयोग समाज साकोस, गृहीणि सेवा साकोस, एसुयोर साकोस, प्रयत्न बहुउद्देश्यीय सहकारी र सामुहिक परिवर्तनशील महिला साकोसको संयुक्त आयोजनामा सम्मान कार्यक्रम गरिएको थियो । आयोजक साकोसहरुका अध्यक्षहरुको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोजकको तर्फबाट होस्टेहैंसे साकोसका अध्यक्ष दिपक पनेरुले बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा आयोजक नौ वटै साकोसहरुका कर्मचारी एवं सदस्यहरु लगायत १ सय ७५ भन्दा बढिको उपस्थिति रहेको थियोे ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...