विकृतिहरु बढ्दै गएको नेपालको पर्यटन क्षेत्र ः–


नेपालमा भएको राजनीति र पर्यटनको क्षेत्रमा रहेका व्यवसायीहरुको कारण नै अहिलेको अवस्थामा पर्यटन व्यवसाय राम्रो बन्न नसकेको हो । नेपालको अहिले सम्म गाइडको रुपमा रही पर्यटनको क्षेत्रमा काम गर्ने मानिसको अनुभवको मूल्याङ्कन नै भएको छैन । नेपालमा अहिले पनि पर्यटनको क्षेत्रमा काम गर्ने मानिसहरुको क्षमता नहेरिएको र पैसाको निम्ति प्रमाणपत्र बेच्ने अवस्था रहेको कारणले गर्दा नेपालमा पर्यटन क्षेत्र जुन तवरले विकास हुनुपर्ने हो । त्यसो नभइ पर्यटन क्षेत्र विकृत हुँदै आएको छ । नातावाद र कृपावादको कारण अहिले पर्यटन क्षेत्र निकै नै दुषित भएको छ ।


पर्यटनलाई विश्वसनीय बनाउनु जरुरी ः–

पर्यटनलाई गुणस्तरीय बनाउनुपर्छ भन्ने हो र त्यसै बमोजिम काम गर्ने हो भने नेपालमा पर्यटनको निकै राम्रो सम्भावना छ । नेपाललाई पर्यटनको राम्रो सम्भावना भएको मुलुकको रुपमा लिइने भएपनि अहिलेको अवस्थामा चल्दै आएको पर्यटन पनि अर्कोलाइ फसाएर आफु माथि जाने किसिमको छ ।

बजारमा हल्ला चलेको छ कि सगरमाथा क्षेत्रमा जाने मानिसहरु प्रत्येक दिन ४०÷५० जनाको सङ्ख्यामा विरामी हुने गरेका छन् । यो सत्य पनि हो । यसो हुनुमा पर्यटकको निम्ति खटाइएका सहायकले नै खानामा विषाधि पदार्थ मिसाउने गरेका भेटिन्छन् । यसरी मानिस विरामी भएको अवस्थामा हेलिकोप्टरबाट अस्पतालमा फिर्ता ल्याउने काम गरिन्छ । डाक्टरहरुले पनि हेलिकोप्टरबाट नजाने हो भने बाँच्न सकिँदैन भन्ने किसिमले पर्यटकलाई तर्साउने काम गरेको पाइन्छ । यो कुरा न्युजिल्याण्डमा जन्मिएर नेपाललाई कर्मभूमी बनाऊँदै आएको एकजना पर्यटकले आफ्ना साथीहरु बीच सुनाउँदै आएकाछन् । जुन कुराको खुलासा मैले तपाईं सामु गरेको छु । यस्ता विविध कारणहरुले गर्दा नेपालमा पर्यटन क्षेत्रको राम्रो तवरले विकास हुन सकेको छैन ।

यी विविध विकृतिहरुलाई हटाएर नेपालमा पर्यटनको विकासको निम्ति सबैभन्दा पहिले नेपालमा भएका सकारात्मक पक्षको बारेमा अध्ययन हुनु जरुरी छ । नेपालको आर्थिक समृद्धिको निम्ति पर्यटन क्षेत्रले खेल्न सक्ने भूमीकालाई निकै महत्वको साथ अघी बढाउनु जरुरी छ । पछिल्लो समय नेपालमा राम्रो सम्भावना देखिएको होम स्टेको त्यसै बमोजिम प्रचारप्रसार हुनु जरुरी छ । ठूला होटलको तुलनामा साना होमस्टेमा मध्यम स्तरका मानिसहरुले पनि लगानी गर्न सक्छन् । यसको अलावा नेपालका धार्मिक सम्पदाहरु पनि पर्यटक आकर्षणको निम्ति नयाँ माध्यम बन्न सक्छन् ।

        पर्यटन व्यवसायी बुद्ध सिंह तामाङसँग सेतोघर डट कमले गरेको कुराकानीमा आधारित

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...