कालिखोलामा बस दुर्घटनाः एकको मृत्यु, २६ जना घाइते


चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा सोमबार राति भएको सावारी दुर्घटनामा  सिरहा लक्ष्मीपुरका धर्मराज मण्डलको मुत्यु भएको छ भने २६ जना घाइते भएको छन् ।

सडकखण्डको सबैभन्दा बढी दुर्घटना हुने क्षेत्र चण्डिभञ्जाङ ६ कालिखोलामा अनमोल डिलक्सको ना ४ ख ५४४२ नम्बरको को यात्रुबस सडकबाट १ सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले जानकारी दिए ।

काठमाडौंबाट मलंगवा जान लागेको बसले ट्रकलाई ओभर टेक गर्दा घटना भएको प्रहरीको प्रारपम्भिक अनुसन्धानले देखाएको ।

प्रहरीका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । घटना भएलगत्तै स्वयम् आफू घटनास्थलामा पुगि सबै घाइतेको उद्दार गरी थप उपचारा लागि भरतपुरको चितवन मेडिकल कलेज लगिएको थापाले वताएका छन् ।

गम्भीर घाइते भएका भारतको बिहार सितागढीका मनोजकुमार कुशहवा सर्लाहीका रामविश्वास पण्डित र नागेन्द्रराज यादवको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: