नेपालको शेयर बजारको पृष्ठभूमी र केही महत्वपुर्ण जानकारी


वि.सं १९९३ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले शेयर जारी गरेबाट नेपालमा सेयर निष्काउन गरी सर्वसाधारणबाट पुँजी संकलन गर्ने काम सुरु भएको हो । धितोपत्र बजारको सञ्चालन गर्न र आन्तरिक पुँजी परिचालन गी पुँजी बजारको विकास गर्ने उद्धेश्यले कम्पनी ऐन, २०२१ अन्तरगत २०३३ असार २२ गते सेक्युरिटी खरिद विक्री केन्द्रको स्थापना भयो । यो केन्द्र धितोपत्र कारोबार ऐन (पहिलो शंसोधन ) २०४९ अनुसार २०५० साल जेठ १३ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा परिणत भयो । यसपछि मात्र सेयर बजारको संगठनात्मक विकास र औपचारिक रुपमा दोस्रो बजारको कारोबार शुरु भयो ।

धितोपत्र दलाल, बजाार निर्माता, मध्यस्थकर्ता मार्फत प्रतिष्पर्धाको आधारमा धितोपत्रको औपचारिक रुपमा खरिद विक्री २०५० साल माघ ३० गते (१२ फ्रेबु्रअरी १९९४) बाट शुरु भइ नेपालमा स्टक एक्सचेन्जमा परिणत हुनुभन्दा अघी धितोपत्र बजार सम्बन्धी सम्पुर्ण काम (धितोपत्र निष्कासन, प्रबन्धक, प्रत्याभुतिकर्ता, धितोपत्र दलाल, सरकारी ऋणपत्रको बजार निर्माता, कम्पनी प्रबद्धक, वित्तीय सल्लाहकार, सेयर मूल्यांकन तथा अन्य विभिन्न वित्तीय सेवा सम्बन्धी कार्य) सेक्युरिटी खरिद–विक्री केन्द्र आफैंले गर्दै आएको थियो ।

नेपाल–स्टक एक्सचेन्जले सुरुमा २५ जना दलाल र ५ जना बजार निर्माता बाट काम सुरु भएको गियो । पछि अन्य ६ जना दलाल र १ जना बजार निर्माता थप गरी ३१ ब्रोकर र ६ जना बजार निर्माता द्वारा काम गर्दै आएको स्टक एक्सचेन्जमा २०५० बैशाख सम्म ५० जना ब्रोकर कम्पनी थिए । एक बैंक तथा वित्तीय संस्थाले अर्को बैंक तथा वित्तीय संस्थाको सेयर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको व्यवस्था र बजार निर्माता सम्बन्धी स्पष्ट कानुनको अभावमा २०७२ भदौ सम्म सेयरकोे कारोबार गर्नको लागि कुनै पनि बजार निर्माता छैनन् । तर नेपाल स्टक एक्सचेन्जमा २०६३ मंसिर महिनामा सरकारी ऋणपत्र कारोबार शुरु भएपश्चात् भने सो ऋणपत्रको कारोबारका लागि ३ ओटा वित्तीय संस्थाले बजार निर्माताको काम गर्न अनुमतिपत्र लिएका छन् ।

त्यसैगरी पुँजीबजारको नियमन अनुगमन, लगानीकर्ताको हकको संरक्षण र कम्पनीहरुमा संस्थाष्त सुशासन कायम गर्ने उद्धेश्यबाट धितोपत्र कारोबार ऐन, २०४० अन्तरगत वि.सं २०५० जेठ २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना भयो । हाल धितोपत्र ऐन, २०६३ अनुसार बोर्डका कार्यहरु सञ्चालन हुँदै आएका छन् ।

नेपाल स्टक एक्सचेन्जमा २३२ (२०७२ आषाढ) वटा कम्पनी सुचीकृत भएका छन् । यी कम्पनीहरुको कुल बजार पुँजीकरण २०७२ भदौ महिनामा १२ खर्ब भन्दा बढी पुगेको छ । नेपाल स्टक एक्सचेन्जले २०५९ सालमा २६, २०६४ मा १२ २०६५ मा ५ ओटा कम्पनीलाई सूचीकरणबाट हटाइसकेको छ । नियमित रुपमा बार्षिक प्रतिवेदन नबुझाउने, नवीकरण शुल्क नबुझाउने, साधारणसभा समयमा नगर्ने कम्पनीलाई नेप्सेले सूचीकरणबाट हटाउने गर्छ ।

सेयर बजारमा उतारचढावहरु आइरहन्छन् । उतारचढाव आउनमा आर्थिक, राजनीतिक, सामाजिक, कानुनी, मनोवैज्ञानिक तत्वले प्रभाव पारेका हुन्छन् । सेयर बजारमा सधैं बढिरहने र निरन्तर घटिरहने भन्ने हुँदैन । उतारचढाव हुँदै जाँदा नेपालको सेयर बजार आर्थिक बर्ष २०५७ ÷५८ मा उच्चतम बिन्दुमा पुगेको गियो । उक्त समयमा नेप्से परिसूचक ५४५.८२ अंक पुगेको थियो । त्यस पछिका दिनमा सेयरको बजार निरन्तर गिरावट आई २०६०÷६१ बाट बजार पुःन बढ्न सुरु भयो । २०६५ भदौ १५ गते ११७५.३८ पुग्यो । त्यसपछि निरन्तर झैं घटेको सेयर बजार २०६८ आसाढ १ गते नेप्से परिसूचक २९२ अंकमा झ¥यो । त्यस पछिको वृद्धिमा २०७२ भदौ ३ गते नेप्से परिसूचक १२००.९२ अंकमा पुग्यो । २०७२ भदौ २ गते नेप्सेले अघिल्लो उच्चतम बिन्दुलाई पार गरेर ११९१.९२ अंकमा पुगेको थियो ।
नेपालको शेयर बजार राजनीतिबाट पनि प्रभावित हुँदै आएको छ । प्रत्येक राजनीतिक परिवर्तन सँगै सेयर बजारमा केही परिवर्तन आएको पाइन्छ । यहाँका लगानीकर्ताहरु सूचना, समाचार तथा कम्पनी सम्बन्धी गतिविधि प्रति विस्तारै सचेत हुँदै गएको पाइन्छ । लगानी निर्णयमा लगानीकर्ताले नगद लाभांस भन्दा पनि बढी बोनस तथा हकप्रद सेयरलाई बढी प्राथमिकता दिएको विभिन्न अध्ययनले देखाएका छन् । कमैमात्र लगानीकर्ताले कम्पनीको वित्तीय विवरण विष्लेषण गर्ने र लगानी सम्बन्ी निर्णय गर्ने गरेका पनि अध्ययन अनुसन्धानहरुले देखाएका छन् । तर पछिल्लो समयमा लगानीकर्ता माझ कम्पनीको वित्तीय अवस्थाको अध्ययन गरेर लगानी गर्ने प्रवृत्ति बढ्दो छ ।

काठमाडौं केन्द्रित बजार २०६६ फागुन १२ बाट उपत्यका बाहिरका लगानीकर्ताको पहुँचमा आंशिक रुपमा पुगेको छ । तर अझै पनि देशका अधिकांश लगानीकर्ता सेयरबजारको पहुँच भन्दा बाहिर छन् । यसका लागि केन्द्रीय निक्षेप प्रणालीको कार्यान्वयन सँगै वाणिज्य बैकलाई सेयर किनबेच गर्न ब्रोकर लाइसेन्स दिइनुपर्छ । लगानी सम्बनधी परामर्स दिने संस्थाहूको अभाव हुनु र लगानीकर्तामा पनि सल्लाह, सुझाव र परामर्स लिने सोचको विकासको कमी हुनुले बजारको प्रभावकारिता सुधार हुन नसकेको हो । विगत केही बर्षयता सेयर बजार सम्बन्धी तालिम दिने संस्थाहरुको विकास भएको छ । सेक्युरिटिज रिसर्च सेन्टर एण्ड सर्भिसेज (एसआरसिएस) ले २०६१ सालबाट निरन्तर रुपमा सेयर बजार सम्बन्धी आधारभूत र विशिष्टकृत गरी २ प्रकारका तालिम दिंदै आएको छ ।

शेयरको वास्तविक मूल्य भन्दा बजार मूल्यमा आकाश–पातालको फरक हुने गरेको, कम्पनीका आधारभूत कुराहरु तथा देशको आर्थिक अवस्थाको सेयर मूल्यमा परावर्तन हुँदैन भन्ने भनाईहरु पनि बजारमा बारम्बार आउने गरेका छन् । तर यसमा पुर्ण सत्यता भने पार्इंदैन । एसआरसिएसले गरेका पछिल्ला अध्ययनहरुले नेपालको शेयर बजार अर्थतन्त्रबाट प्रभावित छ । यसैगरी कम्पनीका वित्तीय अवस्थाको प्रभाव पनि शेयर बजारमा त्यत्तिकै रहेको पाइन्छ । यी तथ्यबाट नेपालको सेयर बजार पनि प्रभावकारी बजार निर्माणमा अगाडि बढेको बुझ्न सकिन्छ ।

लेखक रविन्द्र भट्टराई शेयर विष्लेषक हुन् । उनको नेपालको सेयर बजार पुस्तकबाट लगानीकर्ताहरुको सेयर बजारलाई स्पष्ट जानकारी उपलब्ध गराउने उद्धेश्यले यो सामाग्री प्रकाशन गरिएको हो ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: