लोकदोहोरी यात्रामा सक्रिय जिसी अमर भन्छन् खाना खाने फुर्सद पनि छैन


 

हिउँद मासलाई यसै पनि आँधिबहेरिकोे मौसमको रुपमा चिनिन्छ । त्यो प्राकृतिक आँधिवेहरी हो, ठीक यही समयमा नै लोकदोहोरीको क्षेत्रमा पनि आँधिवेहरी ल्याउने सोचमा छन् गुल्मेली जि.सि अमर । सरगम के.सि र टिका पुनलाई साथमा लिएर मायामा आँधिबेरी चलाउन खोज्दै गरेका प्रतिभाशाली युवा जिसी अमर गित सङ्गितका खानी हुन् भन्दा फरक नपर्ला । हुन पनि बाल्यकाल देखि नै उनको शोख थियो गित सङ्गित क्षेत्र ।

नेपाली लोक दोहोरी क्षेत्रका उदाउँदा हस्ति जि.सि. अमर गुल्मी जिल्लाको हाडहाडे गाविस वडा नं १ बर्दबासमा एक मध्यम कृषक परिवारमा आमा चुमा कुमारी जि.सि र बाबा के.बि जि.सि.का कान्छो सन्तान हुन् । सामाजिक क्षेत्रमा समेत सक्रिय रहने र सहयोगी भावनाका उनी सबैको कल्याण सोच्ने पात्र रहेको उनलाई चिन्ने वरपरका छरछिमेकीहरु बताउँछन् ।

पछिल्लो नेपाली लोकदोहोरी साङ्गितिक बजारमा छोटो समयमा नै निकै चर्चा कमाउन सफल जि.सि. अमर आफ्नो मातृभूमी नेपाल छोडेर हाल रोजगारीको निम्ति खाडी मुलुक साउदी अरेबियामा कार्यरत छन् । नेपालमा रोजगारीका उपयुक्त अवसर पाउन नसकेको कारण अहिले बहुसङ्ख्यक नेपालीको निम्ति वैदेशिक रोजगारी बाध्यता नै बनेको छ । यद्यपि जन्मभूमी नेपालमा भएपनि कर्मभूमी नेपाल भन्दा बाहिर बनाउँदा पनि नेपालको विकास र सामाजिक चेतनाको निम्ति सदैव सकारात्मक तवरले सोच्ने र भविष्यलाई त्यसै बमोजिम अघी बढाउने युवाहरुको नेपालले खडेरी महसुस गरेको अवस्थामा नेपालका केही युवाहरु आफुसँग भएको प्रतिभालाई जसरी पनि मूर्त रुप दिनै पर्ने किसिमले काममा तल्लिन रहेको पाइन्छ । ती मध्ये एक युवा पात्रको रुपमा जि.सि अमरलाई पनि लिन सकिन्छ ।

नेपालमा रहँदा होस् वा विदेशमा, जहाँ भएपनि आफ्नो जन्मभूमीको हितको निम्ति काम गर्न सकिन्छ भन्ने सोच पैदा गराउने प्रेरणाका स्रोत हुन सक्छन् जिसी अमर । विदेशमा रहँदा पनि आफूले सिकेको सीप र क्षमता नेपालमा नै भित्र्याउन र नेपालबाट रोजगारीको निम्ति विदेशिने परम्परा अन्त्य गर्नु पर्ने कुरा अहिलेको आवश्यकता बनेको छ ।

नेपालको राजधानी शहर काठमाडौंबाट सञ्चालनमा रहेको स्पष्ट विचार र तथ्य समाचारमूलक विषयवस्तुलाई उठान गर्ने उद्धेश्यले सञ्चालित नेपाली अनलाइन सेतोघर डट कमले उनै बहुप्रतिभाशाली गायक लय तथा शब्द सर्जक जि.सि अमर सग भलाकुसारी गरेको थियो ।

अमरजी अहिले पछिल्लो समय हजुर गित सङ्गित सिर्जना र निर्माणमा एकदमै ब्यस्त भएको हामीलाई लागेको छ, हाम्रो अनुमान सत्य हुन सक्छ ?

हजुर एकदमै व्यस्तता छ । कति बेला खाना खाने कति बेला प्रदेशको जागिर निभाउने भ्याई नभ्याई छ ।

तपाइ नेपाली गित सङ्गितमा लागेको कति भयो नि ?

वास्तवमा नेपाली लोकगित र सङ्गित क्षेत्र मेरो रगत रगत र नसानसामा बगेको छ । हरपल हर समय । रगत रातो हुन्छ भनेर बाहिर देखाउन पक्कै पनि आफ्नो शरिरको कुनै हिस्सा काट्नुपर्छ । त्यस्तै म यस रगतमा मिश्रित लोकगीत तथा सङ्गितलाई बाहिर ल्याउँदैछु ।

अफगानिस्तान घटनाको हिजोका दिनमा बगेको रगत सेलाउन नपाउदै टपक्क टिपेर बजारमा ल्याउनु भयो, तपाई द्वारा सिर्जित लय र शब्द बाट प्रायः नेपाली लोकदोहोरी गायकगायिकाले आवाज नभरेका सायदै कोहि होलान् । तपाई प्रबासमा नेपाल देखी गित सङ्गित बजारमा यो कुन तालमेल या कसको साथ बाट सम्भव गराउनु भएको छ ?

म वास्तवमा पछिल्लो सात आठ महिना देखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय रुपले लागिपरेको छु । पहिलो एलबम, तिम्रो याद धेरै आयो फेरि बाट मेरो यात्रा शुरु? भएको थियो अहिले करिब यो आठ महिना को अवधिमा पाँच छ दर्जन एल्बम बजारमा लिएर आईसकें । मेरा आदरणीय माननिय सहयात्री मित्रहरू सँग हातेमालो गर्दै जस मध्ये काभ्रेली काली अफगानिस्तान ‘रुन्न भन्थें रुनि गरायौ’, पागलपन, मुटु कि हीरा, जाउ जाउ उसकै प्यारो हुन, गुल्मेली पाल्पाली, मलाइ हाँस्न मन लाछ, लगायतका धेरै गित हरु सुटिङको क्रममा छन् । हाल म साउदी छु । नेपालमा टि टाइम म्युजिक प्रा.लि.का प्रबन्धक कुशल एरेन्जर तथा बरिष्ठ लोकदोहोरी गायक आदरणीय दाजु इन्द्र जि.सि.को ठुलो देन छ । ऊहाँको साथ र सहयोग बिना म आँखा फुटेको गोरु जस्तै हुँ ।

तपाईंका शुभचिन्तकहरु तपाईंको आवाजमा नै गित सुन्ने पर्खाइमा हुनुन्छ यो कहिले पूरा होला ?

त्यति मिठो स्वर त म सँग छैन तर रहरले छताछुल्ल छु । छिटो नै नेपाल आउँदै छु, अवश्य एक दुई गित गाउँछु भन्ने सोचमा छु ।

टि टाइम अनलाइनकाे सहयाेगका 

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: