९१ जना चढेको रुसी रक्षा मन्त्रालयको विमान दुर्घटनाग्रस्त


काठमाडौं । उडेकोका केही समयपछि नै राडारबाट सम्पर्क बिहीन भएको रुसको रक्षा मन्त्रालयको विमान टियु–१५४ ब्ल्याक सीमा दुर्घटनाग्रस्त भएको छ । चालक दलका सदस्य तथा यात्रुसहित ९१ जना चडेको विमान रुसको सोचीको तटीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको इन्टरफ्याक्स समाचार संस्थालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

रुसको सोचीबाट सिरियाको लटाकिए प्रान्तका लागि उडेको विमान दुर्घटनामा परेको हो । विमानमा सेना, सेनाको सांगीतिक समूहका सदस्य तथा पत्रकार थिए । विमान नेपाली समय अनुसार आइतबार बिहान ८ बजेर पाँच मिनेटमा राडारको सम्पर्क बाहिर गएको थियो ।

विमान उडेको २० मिनेटपछि बेपत्ता भएको हो । विमानको खोजी भइरहेको रुसको सरकारी टेलिभिजन उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...