टर्‍यो घामपानी-लालपूर्जा भिडन्त


काठमाडौं । वैशाख १ आउने तयारीमा रहेको ‘लालपूर्जा’ वैशाख २८ मा रिलिज हुने भएको छ । पहिला फिल्म वैशाख १ मा आउने चर्चा थियो । सोही मितिमा सिनेमा आर्टको ब्यानरमा बनेको फिल्म ‘घामपानी’ले पनि रिलिज मिति तोकिसकेको सन्दर्भमा ‘लालपूर्जा’ र ‘घामपानी’ बीचको सम्भावित भिडन्तले फिल्म उद्योग तरङ्गित भएको थियो ।

तर ‘लालपूर्जा’ निर्माता टेकेन खड्का र ‘घामपानी’ निर्माता रामबाबु गुरुङले आपसी समझदारीमा ‘लालपूर्जा’ पछि लैजाने निर्णय गरेका छन् । फिल्म २८ गते बिहीबार नै रिलिज हुनेछ ।
टेकेन खड्काले निर्माण गर्ने फिल्म ‘सुपर झोले’को निर्देशन पनि राम बाबु गुरुङ नै हुन् । ‘लालपूर्जा’मा सौगात मल्लले मिरुना मगरसँग जोडी बाँधेका छन् भने ‘घामपानी’मा दयाहाङ राईको जोडी देख्न सकिनेछ । फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन्

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...