प्रहरी र परराष्ट्रको हेलचेक्र्याइँले माधव नेपाल पत्नी गायत्रीलार्इ सकस !


काठमाडौं । परराष्ट्र मन्त्रालयको हेलचेक्र्याइँ र नेपाल प्रहरीको असावधानीका कारण पूर्वप्रधानमन्त्री माधव नेपालकी पत्नी गायत्री झन्डै २० घन्टा टर्कीको इस्तानबुल विमानस्थलस्थित अध्यागमनको नियन्त्रणमा परिन् । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासबाट एक नेपाली नागरिकले लिएको ट्राभल डकुमेन्टको नम्बर गायत्रीले लिएको कूटनीतिक राहदानीमा परराष्ट्रले राखिदिएपछि उनी इस्तानबुलमा अध्यागमनको नियन्त्रणमा परेकी हुन् । उक्त ट्राभल डकुमेन्टको नम्बर राहदानी विभागले रद्द गरिसकेकाले कालो सूचीमा थियो ।

थाइल्यान्डबाट नेपाल आएपछि ती व्यक्तिले ट्राभल डकुमेन्ट रद्द गरी राहदानी बनाएका थिए । राहदानी विभागले उक्त ट्राभल डकुमेन्टको नम्बरसहित रद्द भएको विवरण नेपाल प्रहरीको इन्टरपोलमा पठाएको थियो । विभागले हेलचेक्र्याइँपूर्वक ट्राभल डकुमेन्टको नम्बर गायत्रीले लिएको कूटनीतिक राहदानीमा राखिदिएपछि समस्या उत्पन्न भएको हो । ‘हामीबाट गम्भीर त्रुटि भएकै हो,’ राहदानी विभागका एक अधिकारीले भने, ‘आइन्दा हामी सजग हुन्छौं । भाविष्यमा हामी यस्तो दोहोरिन दिन्नौं ।’

गायत्रीको राहदानीमा गलत नम्बर उल्लेख गरिनु र विमानस्थलमा इन्टरपोलको डाटा हेर्ने प्रहरी अधिकारीको असावधानीका कारण गायत्रीमाथि विपत् परेको हो । प्रहरी सहप्रवक्ता ठाकुरप्रसाद ज्ञवालीले दुवै निकायबाट गल्ती भएको स्वीकार गर्दै त्यस्तो गल्ती भविष्यमा नदोहोरिन सचेत हुनुपर्ने बताए ।

त्रिभुवन विमानस्थलमा इन्टरपोल आबद्ध प्रहरीहरू आगमन कक्ष (अराइभल डेस्क) मा मात्र बस्छन् । अराइभलमा पनि जहाज आएर पछि मात्र इन्टरपोलका प्रहरीहरू सक्रिय हुने गरेको स्रोतले बताएको छ ।
इन्टरपोलका प्रहरीले प्रस्थान र आगमनमा यात्रुलाई प्रमाणीकरण गर्न विमानस्थल खुलेपछि बन्द नहुन्जेल बस्नुपर्नेमा आगमनका बेलामा मात्र उनीहरू सक्रिय हुन्छन् । टर्किस एयरलाइन्स उडेपछि मात्र गायत्रीको राहदानी नम्बर इन्टरपोलमा भएको प्रहरीले थाहा पाए ।

अध्यागमनसँग भएको यात्रुको तथ्यांक इन्टरपोलका प्रहरीले ढिलो गरी ‘माइन्ड डिभाइस’ (मोबाइल इन्टरपोल नेटवर्क डिभाइस) सफ्टवेयरमा हालेका थिए । राहदानी विभागको गम्भीर त्रुटि देखिए पनि विमानस्थलमा इन्टरपोलको सूची परीक्षण गर्न बसेका प्रहरीले समेत लापरबाही गर्दा गायत्रीले मानसिक तनाव र झन्झट झेल्नुपर्‍यो।

राहदानी विभागले गलत नम्बर इन्टरपोललाई दिँदा गायत्रीले झमेला सहनुपर्‍यो भने उनी निर्धारित समयमा अमेरिका पुग्न सकिनन् । परराष्ट्रले हराएको वा चोरिएको राहदानीको विवरण उपलब्ध गराएपछि इन्टरपोलले माइन्ड डिभाइसको स्टोलन, लस्ट ट्राभल्स डकुमेन्ट्स (एसएलटीडी) डाटाबेसमा सम्पूर्ण विवरण राख्ने गर्छ । उक्त माइन्ड डिभाइसमा विश्वभरबाट हराएका वा चोरी भएका राहदानीलगायत महत्वपूर्ण सामग्रीको विवरण रहन्छ । नेपाल प्रहरीले इन्टरपोलको डाटामा अध्यागमन अधिकारीलाई पहुँच नदिएकाले अध्यामगन अधिकृतले गायत्रीको राहदानीमा प्रस्थान अनुमति दिएका थिए ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...