कांग्रेसमा धोका भाग–२


काठमाडौं । नेपाली कांग्रेसभित्र अहिले सर्वाधिक चर्चित विषय ‘धोका भाग–२’ बनेको छ । धोका भाग–२ को प्रारम्भ विन्दु २०७३ कात्तिक २५ गते थियो । सो दिन तरुण दलको महाधिवेशनमा कांग्रेस संस्थापनकै नयाँ टोली निर्वाचित गर्ने सम्बन्धमा एउटा सहमति भएको थियो । पोखरामा भएको महाधिवेशनका लागि भएको सो सहमतिमा देउवाको तरुण टोलीलाई खुमबहादुरको टोलीले सघाउने भन्ने थियो । बदलामा देउवाले पूर्णबहादुर खड्कालाई महामन्त्री बनाउने सहमति भएको थियो ।

कांग्रेसका नेताहरू अहिले खुलेआम भन्छन्– सो सहमतिमा देउवाले ठाडै धोका दिएर राजनीतिक गद्दारी गरेका छन् । धोका भाग–१ चाहिं कांग्रेस महाधिवेशनमा मञ्चन भएको थियो । सभापति पदमा जित्न देउवा शरण परे खुमबहादुर खड्काको । खुमबहादुरले भारतीय राजदूत रञ्जीत रेलाई साक्षी राखेर उपसभापति बन्ने सर्तमा देउवालाई सभापति जिताइदिए । तर, सभापति जितेपछि देउवाले पुरै रंग फेरे । उनले खुमबहादुरलाई ‘भारत देखाएर’ उपसभापति बनाएनन् । देउवालाई खुमबहादुरले संसदीय दलको चुनावमा पनि समर्थन दिएका थिए तर देउवाले धोका मात्र दिए । उपसभापति बनाउन खुमबहादुरको गुटले कडा दवाब दिएपछि देउवाले भने– ‘भारतले मानेन, बनाउन सक्दिन ।’

यो धोकापछि पनि खुमबहादुर समूहले तरुण दलमा सहमति गर्‍यो तर देउवाले फेरि धोका दिए । देउवाले पूर्णबहादुरलाई महामन्त्री नबनाउने भएका छन् । यो धोकामा चाहिं देउवाभन्दा खुमबहादुर नै धेरै दोषी भएको कांग्रेसभित्र टिप्पणी भइरहेको छ । देउवा गुटका तर खुमबहादुरप्रति नरम एक केन्द्रीय सदस्यले साँघुलाई बताए– ‘देउवाले कुनै सहमति पालना गर्दैनन्, उनको नसानसामा धोका छ भन्ने बुझ्दाबुझ्दै सहमति गर्नु खुमबहादुरकै गल्ती हो ।’ एकपटक धोका पाइसकेपछि पुन सहमति गर्नु नै खुमबहादुरको गल्ती भएको उनको टिप्पणी थियो ।

धोका दिंदै, बेइमानी र गद्दारी गर्दै टिकिरहेको कांग्रेस सभापति देउवाको राजनीतिमा उनीभन्दा धोकेबाजका रुपमा प्रधानमन्त्री प्रचण्ड देखा पर्ने लख काटिएको छ । प्रचण्डले देउवालाई प्रधानमन्त्री पदको पालो नदिने निश्चित जस्तै भएको छ । देउवाको धोकेबाज व्यवहारका कारण प्रचण्डले पनि ‘धोकेबाजलाई धोकै दिएर ठीक पार्ने’ रणनीति अपनाएको टिप्पणी हुन थालेको छ ।

विगतमा सोझा र सरल भनेर कहलिएका देउवालाई धोकाको राजनीति गर्न उक्साउनेमा कांग्रेसमा ६ भाइको नाम आउन थालेको छ । उनीहरू हुन्– विमलेन्द्र निधि, कृष्ण सिटौला, प्रदिप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड र प्रकाशशरण महत । यी ६ भाईको यसरी नै कुरा सुनिरहने हो र धोकेबाज भइरहने हो भने निकट भविष्यमै देउवामाथि पार्टीभित्रैबाट महासंकट आइपर्ने दावी गरिदैछ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: