हवाई आक्रमणमा ८८ सर्वसाधारण मारिए


बेरुत । इस्लिमिक स्टेट (आइएस) आतङ्ककारी समूहको बलियो प्रभाव रहेको क्षेत्र उत्तरी सिरियामा २४ घण्टायता टर्कीआवद्ध हवाई आक्रमणमा कम्तीमा ८८ जना सर्वसाधारणको मृत्यु भएको मानव अधिकारवादी समूहले शुक्रबार जानकारी दिएको छ ।
उत्तरी सिरियाको अलबाबमा बिहीबार भएको गोलाबारीसहितको आक्रमणमा परी २१ जना बालबालिक ७२ सर्वाधारणको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।
शुक्रबारसम्म जारी रहेको बमबारीमा परी तीन बालबालिकासहित थप १६ जनाको मृत्यु भएको बताइएको छ ।
“चौविस घण्टाकोबीचमा ८८ जना सर्वसाधारण मारिएका छन्,” अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानले बताएका छन्।
उनले यो रक्तपातपूर्ण आक्रमण भएको बताएँदै आक्रमणको अनुगमन टोलीले रेकर्ड राखेको पनि जानकारी दिएका छन्।
टर्कीको सुरक्षा फौजले सिरियाको भूमिमा लगातार हवाई आक्रमण गरिरहेको छ ।
-एएफपी

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...