प्रहरीका एसएसपी पत्रकार ?


काठमाडौं । नेपालगञ्ज, रुपन्देही र काठमाडौंको प्रहरी प्रमुख भएर सशस्त्र अपराधी, चोर डाँका, गुण्डा, र कालोबजारी, तस्करको सातो लिएर प्रहरीको ब्यवसायिक ख्याती आर्जन गर्न सफल एसएसपी विक्रम सिंह थापा अब चाडै पत्रकारका रुपमा समाजमा प्रस्तुत हुने भएका छन् ।

एसएसपी थापाले २०७२ को भारतीय नाकाबन्दीको बेलामा खानेतेलमा कालोबजारी गरेर जनताको ढाड सेक्ने शक्तिशाली ठगहरू किसानलाल दुगड र नरेश दुगडको दुगड कम्पनीमा छापा मारेर चर्चामा आएका एसएसपी विक्रमसिंह थापा नेपाल प्रहरीबाट २०७३ मंसिर ३० गते अवकाश भएका छन् । बाँके र रुपन्देहीको प्रहरी प्रमुख हुँदादेखि ललितपुर हुँदै काठमाडौं परिसरको प्रमुख हुँदा उनले जनताको आम जनताको हितमा राम्रा काम गरे । उनलाई मिडियाले पनि साथ दिए । मंसिर ३० गते अवकाश पाएका उनी अब मिडियामा जम्ने सोचमा पुगेको बुझिएको छ । उनी अनलाइन पत्रकारिता गर्ने निष्कर्षमा पुगेका छन् । उनले त्यसका लागि एक अनलाइन दर्ता गरी डोमेन समेत लिइसकेको स्रोतले बतायो ।

उता, एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट गोकुल बाँसकोटाको नाममा रहेको सम्बोधन पत्रिकाको नाम कै सम्बोधन अनलाइन संचालनको तयारीमा पुगेको बताइन्छ । सम्बोधन अनलाइन संचालन नहुँदै ओलीका केही पीएहरूले विभिन्न ब्यापारी र कम्पनीमा फोन गर्दै विज्ञापन माग्न थालेको पनि थाहा भएको छ । त्यसो त पार्टीकी उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति भएपछि र अध्यक्ष ओली प्रधानमन्त्री हुँदा चक्रपथ डटकम संचालनमा आएको थियो ।

उक्त अनलाइनमा पनि राष्ट्रपति विद्या भण्डारी र अध्यक्ष ओलीले सहयोग गरेको चर्चा चलेको थियो । चक्रपथका सुरुवाती दिनका लगानीकर्ता केशव खनाल डीभी परेर सपरिवार अमेरिकातिर लागिसकेपछि उक्त अनलाइन केही सुस्ताएको छ । उक्त अनलाइनमा ओली प्रधानमन्त्री हुँदा उनका सल्लाहकार रहेका गोपाल खनालहरू पनि संलग्न थिए । त्यसो त प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको लगानीमा एभरेष्ट अनलाइन संचालनमा छ । माओवादी निकट ब्यापारी कृष्ण आचार्यले काठमाडु टुडे डटकम संचालन गरेका छन् ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...