साम्राज्ञीसँग रोमान्स गर्न पाउँदा मख्ख नाजिर


काठमाडौँ । शिषिर राणाको निर्देशन र निर्माण रहेको सिनेमा तिमीसँगमा नाजिर हुसैन र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीलाई देख्न पाईने भएको छ ।त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको यो सिनेमामा साम्राज्ञी र नाजिर बाहेक आकाश श्रेष्ठको मुख्य भूमिका रहनेछ ।

नाजिरले फिल्मको कथावस्तु निकै मन परेका कारण काम गर्ने योजना बनाएको बताएका छन् । यसका साथै ड्रिम्स सिनेमा हेरेपछि साम्राज्ञीका फ्यान भएका उनले उनीसँग काम गर्न पाएको मौकालाई पनि गुमाउन चाहेनन् । नाजिरले फिल्मका कलाकारहरुको प्रशंसा गर्दै राम्रो कलाकारहरुसँग काम गर्न पाउनु भनेको भगवान पाउनु भएको पनि जानकारी दिएका छन् ।

त्यस्तै अभिनेत्री साम्राज्ञी पनि नाजिरको चर्चाबाट उनीसँग काम गर्ने चाहमा थिईन् । जुन चाह पूरा भएको छ । यस बारेमा बोल्दै उनले नाजिरसँग काम गर्न पाउनु भनेको अर्को चुनौती थपिनु भएको बताएकी छिन् । सिनेमाको छायांकन पुस १५ बाट सुरु हुने छ । चलचित्र काठमाडौँ, पुनहिल, पोखरा र जनकपुरमा छायांकन हुने बताईएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...