क्रिसमसमा अस्ट्रेलियाको मेलबर्न आक्रमण गर्ने आतंकवादीको योजना विफल


मेलबर्न । अस्ट्रेलियाको प्रहरीले आतंकवादीहरुले मेलबर्नमा सहरमा क्रिसमसका दिन आतंकवादी आक्रमण गर्ने बनाएको योजना विफल बनाएको बताएका छन् ।

शुक्रबार बिहान गरिएको कारवाहीपछि ५ जना व्यक्तिलाई पक्राउ गरेको भिक्टोरिया प्रहरीका प्रमुख ग्राहम एस्टनले बताए ।

एस्टनका अनुसार आतंकवादीहरुले विस्फोटक पदार्थको प्रयोगदेखि बन्दुक र छुरीलगायत अन्य हतियार प्रयोग गरेर आतंक सृजना गर्ने योजना बनाएको बताएका हुन् ।

‘फ्लीन्डर्स सेन्ट स्टेसन, फेडरेसन स्क्वेर र सेन्ट पल क्याथेड्रल सहरको मुख्य स्थानमा आतंकवादी आक्रमण गर्ने योजना बनाइएको थियो,’ उनले भने ।

एस्टनले अब सर्वसाधरणलाई कुनै खतरा नभएको बताए ।

‘हामीले सबै खतरालाई निस्कृय पारेका छौँ,’ उनले भने ।

पाँचमध्ये चार जना लेबनानमूल भएका अस्ट्रेलियाली नागरिक रहेको र उनीहरुको उमेर २० वर्षको आसपास रहेको बताइएको छ । पाँचौँ व्यक्ति इजिप्सियन मूलका रहेको बताइएको छ ।

उनीहरु इस्लामिक स्टेटको प्रोपोगाण्डाबाट प्रभावित भएको प्रहरीले बताएको छ । अन्य एक पुरुष र महिलालाई भने रिहा गरिउको थियो ।

-बिबिसी

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: