एलेप्पो सिरियाली सेनाको नियन्त्रणमा


काठमाडौं ।एलेप्पो शहर पूर्ण रुपमा आफ्नो नियन्त्रणमा आएको सिरियाली सेनाले बताएको छ । बिद्रोहीको कब्जामा रहेको एलेप्पोबाट बिद्रोहीलाई हटाउन आफूहरु सफल भएको सिरियाली सेनाले जनाएको छ ।

एलेप्पोबाट बाहिर निस्कन चाहने सबै नागरिक तथा घाइतेलाई त्यहाँबाट सुरक्षित स्थानमा लगिएको अन्तर्राष्ट्रिय रेड क्रस कमिटि आइसिआरसीले पुष्टि गरेको छ । सन् २०११ मा आफू विरुद्ध आन्दोलन सुरु भएयता एलेप्पोमा नियन्त्रण कायम गर्नु राष्ट्रपति बसर अल असदका लागि ठूलो सफलता हो ।

एलेप्पोको पूर्वी क्षेत्रमा रहेका कम्तिमा ३४ हजार नागरिक तथा बिद्रोही लडाकुलाई गएको हप्ता बाहिर निकालिएको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् । हिमपात, तीब्र गतिमा चलेको हावा तथा सवारी साधनको खराबीका कारण एलेप्पोबाट नागरिकलाई बाहिर निकाल्न कठिनाइ भएको थियो ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...