गाईले पाद्‍दा गोठ विस्फोट


रासड्रोफ (जर्मनी) – गाईले पाद्‍दा निस्केको मिथेन ग्यासले जर्मनीमा एक गाईगोठ विस्फोट भएको प्रहरीले जनाएको छ। प्रहरीलाई उदृत गर्दै वीवीसीले जनाएअनुसार रासड्रोफमा गाईको पादले विस्फोट हुँदा गोठको छानो ध्वस्त भएको छ भने एक गाई घाइते भएको छ । गोठमा ९० वटा गाइहरु थिए जसले ठूलो परिणाममा मिथेन ग्यास उत्पादन गरेका थिए ।

समाचार संस्था रोयटर्सले जनाएअनुासर गाईको पादमा ‘स्टेटिक इलेक्ट्रिक चार्ज’ हुँदा ग्यास विस्फोट भएको थियो। आकस्मिक सेवाले तत्काल स्थितिलाई नियन्त्रणमा लिएकाले थप क्षति हुन पाएन ।

स्थानीय मिडियाले जनाएअनुसार ग्यास प्रवाहलाई सहज बनाइएको छ। एउटा गाईले ५ सय लिटर मिथेन ग्यास उत्पादन गर्न सक्ने बताइएको छ ।

-एजेन्सी

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: