नेपालकाे उद्योग क्षेत्रमा लगानी गर्न अन्तरराष्ट्रिय समुदायलाई अाह्वान


​उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालको उद्योग


क्षेत्रमा लगानी गर्न अन्तरराष्ट्रिय   लगानीकर्तालाई आह्वान गरेका छन् । मङ्गलवार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा नेपालस्थित विभिन्न देशका राजदूत एवम् कूटनीतिक नियोगका प्रमुखसँगको बैठकमा मन्त्री जोशीले राजनीतिक एवम् नीतिगत रूपमा नेपालमा लगानीका लागि कुनै समस्या नभएको बताए ।नेपालमा विदेशी लगानीकर्तालाई आकर्षित गर्न भन्दै सरकारले आगामी फागुनको १९ र २० गते अन्तरराष्ट्रिय नेपाल लगानीकर्ता सम्मेलन आयोजना गर्दै छ । उक्त सम्मेलनमा सहभागी भई नेपालको सम्भावना र वातावरणका बारेमा अध्ययन गरी नेपालमा लगानी बढाउन विभिन्न देशका राजदूतमार्पmत मन्त्री जोशीले विदेशी लगानीकर्तालाई आह्वान गरेका हुन् ।

मन्त्री जोशीले भने, ‘नयाँ संविधान जारी भएसँगै नेपालको अबको प्रमुख मुद्दा आर्थिक विकास हो भन्नेमा मुलुकका सबै राजनीतिक दल स्पष्ट छ ।’ उनले उद्योग मन्त्रालय अहिले कानूनी रूपमा लगानीकर्तालाई लगानी सुरक्षाको प्रत्याभूति दिलाउन जुटिरहेको पनि स्पष्ट पारे । ‘त्यस सन्दर्भमा कतिपय ऐन संसद्बाट पारित भए भइसकेका छन्,’ उनले भने, ‘बाँकी ऐन आउने क्रममा छन् ।’ त्यसका साथै उद्योग दर्ता–प्रक्रियालाई सरल एवम् छरितो बनाइएको मन्त्री जोशीले बताए ।

बढीभन्दा बढी रोजगारी सृजना गर्न मन्त्रालयले उत्पादनमूलक उद्योगको स्थापनालाई प्राथमिकतामा राखेको भन्दै मन्त्री जोशीले नेपाली र विदेशी लगानीकर्तामा कुनै भेदभाव नगरिने प्रतिबद्धता व्यक्त गरे । अन्तरमन्त्रालय समन्वयका लागि अहिले उद्योग मन्त्रालयको पहलमा नियमित रूपमा श्रम, भौतिक योजना तथा यातायात, सङ्घीय मामिला तथा स्थानीय विकास, वन, वातावरण र कृषि विकास मन्त्रालयबीच सहकार्य गर्दै आएको उनले

स्पष्ट पारे ।

छलफलमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), जापान, संयुक्त राज्य अमेरिका, स्वीडेन, दक्षिण अफ्रिका, म्यानमार, न्यूजील्याण्ड, थाइल्याण्ड, फिनल्याण्ड, चेक रिपब्लिकलगायत कूटनीतिज्ञको सहभागिता थियो । उनीहरूले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको भन्दै त्यसका लागि सरकारले नीतिगत र राजनीतिक स्थिरताका साथै श्रम ऐन पनि चाँडो ल्याउन जरुरी रहेको सुझाव दिएका थिए ।

बैठकमा उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइराला र सहसचिव यामकुमारी खतिवडाले नेपाल लगानी सम्मेलनको तयारी र त्यसको व्यवस्थापनका विषयमा भएका प्रगतिका विषयमा जानकारी गराएका थिए । आह्वान गरेका छन् । मङ्गलवार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा नेपालस्थित विभिन्न देशका राजदूत एवम् कूटनीतिक नियोगका प्रमुखसँगको बैठकमा मन्त्री जोशीले राजनीतिक एवम् नीतिगत रूपमा नेपालमा लगानीका लागि कुनै समस्या नभएको बताए ।

नेपालमा विदेशी लगानीकर्तालाई आकर्षित गर्न भन्दै सरकारले आगामी फागुनको १९ र २० गते अन्तरराष्ट्रिय नेपाल लगानीकर्ता सम्मेलन आयोजना गर्दै छ । उक्त सम्मेलनमा सहभागी भई नेपालको सम्भावना र वातावरणका बारेमा अध्ययन गरी नेपालमा लगानी बढाउन विभिन्न देशका राजदूतमार्पmत मन्त्री जोशीले विदेशी लगानीकर्तालाई आह्वान गरेका हुन् ।

मन्त्री जोशीले भने, ‘नयाँ संविधान जारी भएसँगै नेपालको अबको प्रमुख मुद्दा आर्थिक विकास हो भन्नेमा मुलुकका सबै राजनीतिक दल स्पष्ट छ ।’ उनले उद्योग मन्त्रालय अहिले कानूनी रूपमा लगानीकर्तालाई लगानी सुरक्षाको प्रत्याभूति दिलाउन जुटिरहेको पनि स्पष्ट पारे । ‘त्यस सन्दर्भमा कतिपय ऐन संसद्बाट पारित भए भइसकेका छन्,’ उनले भने, ‘बाँकी ऐन आउने क्रममा छन् ।’ त्यसका साथै उद्योग दर्ता–प्रक्रियालाई सरल एवम् छरितो बनाइएको मन्त्री जोशीले बताए ।

बढीभन्दा बढी रोजगारी सृजना गर्न मन्त्रालयले उत्पादनमूलक उद्योगको स्थापनालाई प्राथमिकतामा राखेको भन्दै मन्त्री जोशीले नेपाली र विदेशी लगानीकर्तामा कुनै भेदभाव नगरिने प्रतिबद्धता व्यक्त गरे । अन्तरमन्त्रालय समन्वयका लागि अहिले उद्योग मन्त्रालयको पहलमा नियमित रूपमा श्रम, भौतिक योजना तथा यातायात, सङ्घीय मामिला तथा स्थानीय विकास, वन, वातावरण र कृषि विकास मन्त्रालयबीच सहकार्य गर्दै आएको उनले

स्पष्ट पारे ।

छलफलमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), जापान, संयुक्त राज्य अमेरिका, स्वीडेन, दक्षिण अफ्रिका, म्यानमार, न्यूजील्याण्ड, थाइल्याण्ड, फिनल्याण्ड, चेक रिपब्लिकलगायत कूटनीतिज्ञको सहभागिता थियो । उनीहरूले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको भन्दै त्यसका लागि सरकारले नीतिगत र राजनीतिक स्थिरताका साथै श्रम ऐन पनि चाँडो ल्याउन जरुरी रहेको सुझाव दिएका थिए ।

बैठकमा उद्योग मन्त्रालयका सचिव शङ्करप्रसाद कोइराला र सहसचिव यामकुमारी खतिवडाले नेपाल लगानी सम्मेलनको तयारी र त्यसको व्यवस्थापनका विषयमा भएका प्रगतिका विषयमा जानकारी गराएका थिए ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...