युथ फर जापानकाे कार्यक्रम अायाेजना हुने 


नेपालबाट जापानमा आएर बिभिन्न पेशा ब्यबसाय गरिरहेका युवाहरूको संस्था यूथ फर यूपानको तेश्रो सम्मेलन तथा नया वर्ष २०१७ को शुभकामना कार्यक्रम यही डिसेम्बर २५ का दिन टोकियोमा हुने भएको छ । डिसेम्बर २५ तारिकका दिन टोकियोको शिनोकोबु स्थित बारकाडे गुड टाइमको सभाहलमा हुने कार्यक्रममा जापानमा रहेका चर्चित कलाकारहरूले बिशेस सांस्कृतिक प्रस्तुति रहेको संस्थाको अध्यक्ष बाबूराम पौडेलले जानकारी दिए ।कार्यक्रमा चर्चित लोक तथा दोहोरि गायक सूर्य खड़का , लोक दोहोरि गायक तथा मोडल बिनोद भण्डारी , नवगायक चेतन घर्तीमगर , हास्य कलाकार नकुल गौतम लगाएतको बेजोड प्रस्तुति रहने छ।डिसेम्बर २५ का दिन १२ बजेदेखी हुने उक्त कार्यक्रममा जापानबासी नेपाली दाज़ुभाई तथा दीदीबहिनीहरूलाइ उपस्थितको निम्ति आग्रह गरीएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: