भुकम्प पश्चात् नेपालका संस्थाकाे नाम नखुलाई बेलायतले  १ अर्ब ३० कराेड बाँडेको खुलासा


​वैशाख १२ को विनाशकारी भूकम्पपछि बेलायतले नेपाललाई दिएको सहयोगमध्ये करिव १.३ अर्ब रुपैयाँ कसलाई भन्ने गोप्य राखेको छ ।

बेलायतले पछिल्लो ५ वर्षमा विदेशी सहयोगका रुपमा २ अर्ब ५० करोड पाउण्ड कुन संस्था वा व्यक्तिलाई दियो भनेर गोप्य राखेको छ । ‘नाम नखुलेका सेवा तथा बस्तु प्रदायक’का नाममा हजारौं भुक्तानी दिएको पाइएको डेभट्राकरमा रहेको डाटा को अध्ययनबाट खुलेको छ ।

डेभट्राकर बेलायतको सरकारी वेबसाइट हो, जसमा बेलायतले वैदेशिक सहायतामा गरिएको खर्चको लेखाजोखा राख्ने गर्छ ।

समाचारमा जनाइएअनुसार बेलायतले ५ वर्षमा दिएको ७० हजार बढी सहयोगबारे अध्ययन गर्दा नाम गोप्य राखिएको लुखेको छ । जसमा धेरै सिरिया र अफगानिस्तानमा छ । त्यहाँ सुरक्षाको कारण देखाउँदै वेलायती सहायता कसलाई दिइएको हो भनेर खुलाइएको छैन ।

डीएफआईडीले १२ वैशाख २०७२ को भूकम्पपछि वितरण गरेका सहयोग पाउने संस्था वा व्यक्तिको नाम पनि गोप्य राखिएको छ । उनीहरुको नाममा १ अर्ब ५० करोड बढी रकम गएको छ ।

यसरी गोप्य राखिएको अधिकांश रकम इमर्जेन्सी र मानवीय सहायताका नाममा गएको छ । तर, नाम गोप्य राखिएको भुक्तानी पाउनेमा नागरिक समाज तथा एनजीओ छन् ।

यो बेलायतले भूकम्प प्रभावितका नाममा नेपालमा गरेको खर्चको झण्डै एक तिहाई हो । बेलायतले भूकम्प सहायता (अर्थक्वेक रेस्पोन्स) का नाममा पछिल्लो दुई वर्षमा नेपालमा ४ करोड पाउण्ड अर्थात ५.४ अर्ब रुपैयाँ खर्च गरेको डेभट्राकरमा उल्लेख छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: