म्यानचेस्टर सिटीलाई पछि पार्दै लिभरपुल दोस्रो स्थानमा


काठमाडौं । इन्जुरी समयमा साडियो मानेले गरेको निर्णायक गोलको मद्दतमा महत्वपूर्ण जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

लिग अन्तर्गत सोमबार राति भएको खेमला लिभरपुलले एभर्टनलाई १–० ले हराएको हो। लिभरपुलको जितमा मानेले ८ मिनेटको इन्जुरी सयमको चौथो मिनेटमा गोल गरेका हुन्।

जितपछि दोस्रो स्थानमा उक्लिएको लिभरपुलको १७ खेलबाट ३७ अंक भएको छ। यस्तै शीर्ष स्थानमा रहेको चेल्सी ६ अंकले अग्रता लिइरहेको छ।

यस्तै ३६ अंक रहेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा झरेको छ भने आर्सनल ३४ अंकसहित चौथो र टोटनह्याम ३३ अंकसहित पाँचौ स्थानमा छन्।

यता लिभरपुलसँग पराजित एभर्टन २३ अंकसहित तालिकाको नवौं स्थानमा छ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...