जैसीदेवल मन्दिरमा मानव कंकाल भेटियो


काठमाडौँ । १८ औँ शताब्दीको इतिहास बोकेको जैसीदेवल मन्दिरको उत्खननका क्रममा मानव कंकाल भेटिएको छ । पुरातात्विक महत्वको सो सम्पदा २०७२ साल वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएपछि उत्खनन गर्ने क्रममा डढेको अवस्थामा कंकाल भेटिएको आजको समाचारपत्रमा खबर छ ।

कंकाल भेटिएपछि पूरातत्व विभागले परीक्षणका लागि बेलायत पठाउने भएको छ ।

करिब १ सयफिट जमिनमुनि भेटिएको मानव कंकाल र अन्य वस्तुको अनुसन्धान गरिने भएको छ ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले केही जनावर र मानव हड््डी भेटिएको जानकारी गराउँदै सो विषयमा अध्ययन भइरहेको बताए ।

मानव अवशेष मात्र नभएर थुप्रै पुरातात्विक महत्वका सामग्री भेटिको र ती सामग्री कहिले बनेका हुन् भन्ने विषयमा तिधि र मिति पत्ता लगाउने काम भइरहेको उनले बताए ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...