हिमपहिरोको कारण उपल्लो मुस्ताङमा बाढी


काठमाडौँ । हिमालपारीको जिल्ला मुस्ताङमा हिउँ पहिरोपछि भीषण बाढी आएको छ । उपल्लो मुस्ताङमा पर्ने घमी गाविसको ढाक्मार गाउँमा ठूलो बाढी आएको आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

हिउँ पग्लेर आइतबार विहान एक्कासी आएको बाढीले ढाक्मार क्षेत्रका आठवटा काठका पुल बगाएको छ ।

यस्तो ठूला–ठूला ढुंगा खसेर जोमसोम लोमान्थाङ सडक अवरुद्ध बनेको मुस्ताङका प्रजिअ भीमराज पोखरेलले बताए ।

अहिलेसम्म मानवीय क्षतिको विवरण भने छैन ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: