पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी प्रतिलिटर चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिए ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ ५० पैसा बनाइएको छ । यस्तै पेट्रोल र डिजेलको मूल्य ७७ रुपैयाँ ५० पैसा पारिएको छ । यसअघि पेट्रोलको मुल्यो प्रतिलिटर ९७ र डिजेल र मट्टितेलको प्रतिलिटर ७३ रुपयाँ थियो ।

प्रवक्ता खनालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता भएको बताए ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...