यु–१९ एसिया कप : श्रीलंकाले बनायो १३० रन, नेपालले लियो ३ विकेट


काठमाडौं । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले अहिले आयोजक श्रीलंकासँग खेलिरहेको छ । कोलम्बोमा घरेलु टोलीले ब्याटिङ गरिरहेको छ । श्रीलंकाले ३० औं ओभरमा एक सय ३० रन पूरा गरेको हो ।

नेपालका कमलसिंह ऐरी, दिपेन्द्रसिंह ऐरी र पवन सराफले एक एक विकेट लिएका हुन् । नेपाल सन्दिप लामिछानेको कप्तानीमा खेलिरहेको छ । नेपाल रहेको समूह ‘ए’ मा आयोजक श्रीलंकासहित भारत र मलेसिया छन् । समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश, सिंगापुर र पाकिस्तान छन् ।

नेपाली टोलीको बलिङ, ब्याटिङ र फिल्डिङको सन्तुलन मिलेकाले यसपटक टोली जितबिहीन नहुने कप्तान र प्रशिक्षकले बताएका छन् । पछिल्लो पटक सन् २००० को १९ वर्षमुनिको विश्वकपको सुपर एटमा नेपाली टोली श्रीलंकासँग ९ विकेटले पराजित भएको थियो ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: