गल्फ प्रतियोगिता चल्दाचल्दै मैदानमै अजिंगर घुसेपछि


अस्ट्रेलिया । मैदानमा खेलाडीहरू डटिरहेका थिए। दर्शक पनि एकाग्र भएर खेलाडीहरूको खेल कौशल हेरिरहेका थिए। त्यही बेला चार मिटर लामो अजिंगर आफ्नो सिकारलाई मुखमा च्यापेर मैदानभित्र छिरे कस्तो भयावह स्थिति होला!

अस्ट्रेलियाको फार नर्थ क्विन्सल्यान्डस्थित गल्फ मैदानमा हालै भएको एक प्रतियोगितामा यस्तै घटना भयो।

मैदानमा गल्फ प्रतियोगिता चलिरहँदा अचानक चार मिटर लामो अजिंगर मुखमा कंगारु च्यापेर नजिकै देखा पर्यो। हेर्दाहेर्दै त्यो अजिंगरले कंगारुलाई सुलुत्तै निल्यो र घाँसभित्र लुकिहाल्यो।

यो दृश्यले खेलाडीहरूको सातोपुत्लो गयो। अस्ट्रेलियामा अक्सर शिकारको खोजीमा अजिंगरहरू अग्ला रुख र घाँसे मैदानबाट बाहिर निस्कने गर्छन्। त्यो बेला मान्छेसँग अजिंगरको जम्काभेट भइरहन्छ।

यो घटनापछि गल्फ प्रतियोगिता अवरुद्ध भने भएन। खेलाडीहरूले खेल जारी राखे। र, प्रतियोगिता पूरा गरे।

गल्फ क्लबका सदस्य रोबर्ट विल्म्सेले यसरी मैदानमा अजिंगर देखिनु दुर्लभ घटना भएको बताए। ‘हामी सबैको सातो गएको थियो, म त्यहाँ पाँच मिनेट बसेको थिएँ,’ उनले भने, ‘पछि थाहा पाएँ, त्यो अजिंगरले कंगारुलाई निल्न सफल भएछ।’

यसअघि अस्ट्रेलियाको क्विन्सल्यान्डमै घरको कोठाभित्रै ५ मिटरभन्दा लामो अजिंगर फेला परेको थियो। सुरुमा बैठक कोठामा देखिएको त्यो अजिंगर बेडरुमभित्र छिर्न खोजेको थियो। घरधनीले अजिंगर समात्ने विज्ञलाई तुरुन्तै डाके। उनी आउनुभन्दा अगाडि नै त्यो अजिंगरले बेडरुमका सामान उलटफेर गरिसकेको थियो। ती विज्ञले बल्लतल्ल त्यसलाई नियन्त्रणमा लिएर घर बाहिर लैजान सफल भएका थिए।

उनका अनुसार अजिंगरको तौल ४० किलो थियो।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...