यौनकर्मी आमा आफ्ना बच्चालाई यसरी ढाँट्छन् र धन्धा गर्छन्


एजेन्सी । बेलायतमा आमा बनेका थुप्रै यौनकर्मी महिला छन् । उनीहरु आफ्नो बच्चालाई कसरी ढाँटेर आफ्नो शरीर बेचिरहेका छन् ? भन्ने घटनाचाहिँ बडो रोचक र मन छुने खालको छ ।

४२ बर्षीया शेरीले भनिन्, ‘मलाई आफ्नो धन्धा चलाउन कुनै लाज लाग्दैन तर यसो गरिरहँदा मासिहरुले गर्ने निच व्यवहारले भने रिस उठ्छ ।’ १२ बर्षीय छोराको आमा उनी दुई दशकदेखि यौनकर्मीका रुपमा जीवन बिताइरहेकी छिन् । उनी कोठी र एस्कट एजेन्सीसँग काम गर्छिन् ।

उनको जिन्दगीको दोहोरो भूमिका ज्यादै नियोजित छ । उनले आफ्नो छोरालाई आफू एक थिएटरमा रिसेप्शनिष्टको रुपमा काम गर्ने भनेर ढाँटेकी छिन् । उनी भन्छिन्, ‘छोरालाई मैले गर्ने धन्धाका विषयमा थाहा भयो भने बिरोध गर्छ र उसको मन दुख्न सक्छ ।’

एक तथ्याङ्क अनुसार बेलायतमा ७२ हजार ८ सय यौनकर्मी छन् जसमा धेरैजसो आमा छन् । उनीहरु यौन कर्ममा लाग्नु एक मात्र कारण हो पैसा । शेरी २० बर्षको उमेरदेखि एक कोठीमा काम गर्न सुरु गरेकी थिइन् । अफिसको नोकरीबाट कम पैसा आउने भएपछि उनले यो पेशा रोजेकी हुन् ।

यो पेशामा अहिले जोखिम पनि कम छ । शेरीका अहिले नियमित ग्राहक छन् । आफ्नै बच्चाको लालनपालनका लागि उनीहरु यो पेश अंगालिरहेका छन्, अर्काे तर्फ यो थाहा पाएपछि समाजले अनैतिक आमाका रुपमा चित्रित गर्छ भन्ने चिन्ता पनि उनीहरुमा उत्तिकै छ ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...