लापरबाही गर्ने एन्फासँग थ्रीस्टारले माग्यो ६ करोड क्षतिपूर्ति


काठमाडौं ।अखिल नेपाल फुटबल संघको लापरवाहीका कारण ठुलो क्षति व्यहोर्नु परेको भन्दै थ्री स्टार क्लबले एन्फासंग ६ करोड रुपैया क्षतिपूर्ति माग गरेको छ ।

सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंगोलियामा भएको एएफसी कपको समूह चरण पार गरेर पनि प्लेअफ खेल्नबाट बन्चित हुनुपरेको भन्दै क्लबले त्यसको क्षतिपुर्ति एन्फाले व्यहोर्नुपर्ने दाबी गरेको हो ।

एएफसीले बारम्बार एएफसी कप प्लेअफको सहभागिताका लागि क्लब दर्ता गर्न पत्राचार गर्दा पनि एन्फाले त्यसलाई पुर्ण रुपमा वेवास्ता गरेका कारण आफुहरु प्लेअफ खेल्नबाट बञ्चित हुनुपरेको दाबी थ्री स्टारले गरेको छ ।

एएफसीमा एन्फाले दर्ता नगरिदिएको कारण आम नेपाली फुटबलप्रेमीलाई दुखी बनाएको भन्दै क्लबले घटनाको सत्यतथ्य छानविन गरी दोषी माथि कारवाही गर्न नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीसंग समेत आग्रह गरेको छ ।

छनौट चरण देखि अहिलेसम्मको तयारीका लागि आर्थिक रुपमा करोडौ घाटा बेहोर्नु परेको, खेलाडीलाई अनुबन्धन गर्दा क्लबले लाखौ रुपैया लगानी गर्नुपरेको भन्दै सो बापतको रकम एन्फाले उपलब्ध गराउनुपर्ने थ्री स्टारका कार्यबाहक अध्यक्ष अरुणमान जोशीले दाबी गरे ।

क्लब दर्ता गर्न गरेको ढिलाई माथिको सत्य तथ्य बाहिर नआएसम्म क्लबले कुनै पनि प्रतियोगितामा भाग नलिने घोषणा पनि गरेको छ ।
त्यसैगरी एन्फाले उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा गठन गरेको छानविन समितिले गर्ने कामप्रति पनि विश्वास गर्न नसकिने क्लबले जनाएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...