न्यायाधीशसरह सुविधाको ‘लबिङ’ गर्दै सरकारी वकिल


काठमाडौं । न्याय सेवामा कार्यरत सरकारी वकिलले न्यायाधीशसरह सुविधा पाउनुपर्ने भन्दै लबिङ थालेका छन् । कानुन मन्त्रालयले नयाँ संविधानअनुसार पारिश्रमिक, सेवा, सुविधा र सर्तबारे छुट्टै ऐनको गृहकार्य गरेपछि उनीहरूले ‘लबिङ’ थालेका हुन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यस विषयमा वकिलहरूबीच नै मतभेद देखिकाले ऐनको मस्यौदा अगाडि बढेको छैन । महान्यायाधिवक्ताको कार्यालयले ऐनको प्रारम्भिक मस्यौदामा छलफल गरिरहेको छ ।
महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले नयाँ ऐनमार्फत सरकारी वकिलको सेवा–सुविधाको सम्बोधन गर्न गृहकार्य भइरहेको बताए । एउटै क्षेत्रको काममा न्यायाधीश र सरकारी वकिलबीचको सेवा–सुविधामा धेरै भिन्नता देखिँदा न्याय सम्पादनको कामसमेत प्रभावित बनेको उनको भनाइ छ ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...