सुनको मूल्यमा निरन्तर गिरावट


​२६ मंसिर, काठमाडौं । सुनको मूल्य तोलाको ५३ हजार रुपैयाँबाट पनि ओर्लिएको छ । शुक्रबार प्रतितोला ५३ हजारमा आइपुगेको सुनको मूल्यमा आइतबार थप ४ सय रुपैयाँको गिरावट देखिएको छ ।सुन आज थप तोलाको ४ सय रुपैयाँले घट्दै ५२ हजार ६ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार गिरावट आउँदा नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको हो ।

मंसिरकै महिनामा सुनको मूल्य घट्दा उपभोक्ताहरुलाई राहत भएको छ । शुक्रबार सुन वर्षकै सबैभन्दा कम मूल्यमा सुन बिक्री भएको थियो ।

आज थप सुनको मूल्य घटेपछि नेपाली बजारमा सुन झण्डै एकवर्ष यताकै सस्तो बिन्दुमा आइपुगेको छ ।

डलर र अन्तर्राष्ट्रिय सेयर बजार बलियो बन्दै गएपछि सुनको मूल्य घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । पछिल्लो समय अमेरिकी डलरको मूल्य विश्व बजारमा उकालो लागिरहेको छ ।

अमेरिकी संघीय बैंकले ब्याजदर बढाउने घोषणा, रोजगारीको बढोत्तरी लगायतका कारण पनि सुन मंगिएको हो ।

भारतले घोषणा गरेको १ हजार र ५ सय नोट माथिको प्रतिवन्ध पनि सुनको मूल्य कमजोर हुनुको कारण मानिएको छ ।

मूल्य घटिरहेकाले अत्यावश्यकबाहेक अन्य ग्राहक अझै घट्ने आशामा सुन किन्न पर्र्रिेका छन् ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...