काठमाडौं-हेटौंडा सुरुङमार्ग बनाउने कम्पनीबाट भवन भट्टले दिए राजीनामा


काठमाडौं । काठमाडौं-हेटौंडा सुरुङमार्ग निर्माण गर्ने जिम्मा लिएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका अध्यक्ष भवन भट्टले राजीनामा दिएका छन् ।

बिहीबार बसेको बोर्ड बैठकले उनको राजीनामा स्वीकृत गरेको छ भने नयाँ अध्यक्षमा लालकृष्ण केसीलाई नियुक्त गरेको छ ।

गत माघ २८ मा भट्ट अध्यक्षमा चयन भएका थिए । तर, यो विचमा सुरुङ मार्ग निर्माणमा कुनै प्रगति भएन । सुरुङमार्ग निर्माणमा समय दिन सकिनै लाग्दा उनले विदेशमा रहेको व्यवसायमा व्यस्त रहेको भन्दै राजीनामा लिएका छन् ।

नयाँ अध्यक्ष केसीले भने, ‘हिजोमात्रै बसेको बोर्ड बैठकले भट्टको राजिनामा स्वीकृत गरेको छ र, मलाई अध्यक्षको जिम्मेवारी दिएको छ ।’

यसअघि माघ २९ गते बसेको बोर्ड बैठकले केसीलाई सहअध्यक्ष नियुक्त गरेको थियो । अडिट रिपोर्टको छलफलको बिषयमा विवाद उत्पन्न भएपछि कम्पनीले गत चैतमा सहअध्यक्षबाट केसीलाई हटाएको पनि थियो । तर, तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई पुनर्बहाली गरेको थियो ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...