सुनको भाउ यो वर्षकै सस्तो


काठमाडौं । सुनको भाउ यस वर्षकै सबैभन्दा सस्तो मूल्यमा झरेको छ । शुक्रबार सुन तोलाको ५३ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यो बिहीबारको मूल्य भन्दा चार सय रुपैयाँले सस्तो हो ।

अमेरिकी डलर मजबुत हुनु तथा सेयरको कारोबारमा सुधार हुँदै जानु सुनको मूल्य घट्नुको मुख्य कारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका निर्वतमान अध्यक्ष मणिरत्न शाक्यका अनुसार भारतमा पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लागेकाले पनि सुनको भाउ खस्किन थालेको छ ।

भारतको बजारमा सुनको कारोबार  प्रभावित हुँदा लगानीकर्ताले अरु क्षेत्रमा लगानी गर्न थालेका छन् । लगनको बेला र भाउ घटेकाले सुनको माग दिनहुँ बढ्दो छ । अहिले दैनिक ४० किलो सुनको माग भइरहेको तर १५ किलो मात्रै खरिद गर्न पाउने भएकाले अभाव बढ्दै गएको शाक्यले बताए ।

बजारमा माग अनुसारको सुन नहुँदा तस्करीको सुन कारोबार हुन सक्ने व्यवसायीको आशंका छ । १ हजार १५ सय रुपैयाँ बढी तिरेर ग्राहकले सुन किन्न थालेकाले तस्करीको सुन बजार भित्रन सक्ने आशंका गरिएको हो । यस्तै शुक्रबार चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ । चाँदी शक्रबार तोलोको ७ सय ९० रुपैयाँ छ ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...