लिसेस्टरमाथि पोर्टोको शानदार जित


काठमाडौं । नकआउट चरणका लागि छनौट भइसकेको लिसेस्टर सिटीले च्याम्पियन्स लिगगमा एफसी पोर्टोसँग लज्जास्पद हार व्यहोरेको छ ।

बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्टोले लिसेस्टरमाथि ५-० को फराकिलो जित हात पारेको हो ।

अन्तिम १६ मा स्थान बनाउन पोर्टोलाई जित अनिवार्य थियो । अर्को खेलमा एफसी कोपनहेगनले क्लब बर्गलाई हराएको थियो । पोर्टोले लिसेस्टरमाथि शानदार जित हात पाछि नकआउट चरणमा पुगेको छ ।

समूह जीमा रहेको लिसेस्टर १३ अंकसहित समूह विजेता बन्यो भने ११ अंक जोडेको पोर्टो उपविजेता रहृयो ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...