मेलम्चीमा भेटिएको पहेंलो धातु ‘माइका’


काठमाडौं । मेलम्चीको सुरुङ खन्दा निस्केको चम्किलो पहेँलो धातु ‘माइका’ भएको पत्ता लागेको छ ।

खानी तथा भूगर्भ विभागको प्रयोगशालामा गरिएको परीक्षणमा सुरुङ खन्दा भेटिएको नमुनाको वरिपरि चम्किने पदार्थ ‘माइका’ को केही टुक्रामात्र टाँसिएको र भित्री भाग चट्टान भएको भेटिएको छ ।

विभागका सिनियर जिओलोजिस्ट धर्मराज खड्काले भने, ‘हामीले मेलम्चीबाट ल्याएको नमुनाको सुन र तामा हो कि भनेर रासायनिक र भौतिक परीक्षण ग¥यौं, तर त्यसमा चम्किने पदार्थ माइकाबाहेक अरु केही भेटिएन । नमूनामा सुन र तामाको कुनै गुण छैन ।’आजको गोरखापत्रमा समाचार छ ।

सुरुङ खन्दै गर्दा भेटिएको पदार्थ सुन हो भन्ने आशंकामा विभागको प्रयोगशालामा आइतबार नमूना ल्याइएको थियो ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...