नेपालको मौलिक शान्ति प्रक्रियाबाट विश्वले सिक्न सक्ने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि युरोपेली सङ्घले खेलेको भूमिकाका लागि सङ्घलाई धन्यवाद दिएका छन्।

नेपालस्थित सङ्घका राजदूत रिन्चे टिरिङसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनले भूकम्पपछिको पुनःनिर्माण एवम् विकासका क्षेत्रमा गरेको सहयोगको पनि प्रशंसा गरे।

भेटमा राजदूत टिरिङले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको र यसबाट विश्व समुदायले सकारात्मक शिक्षा लिन सक्ने बताउँदै नेपालको संविधान कार्यान्वयन सफलतापूर्वक अगाडि बढ्नेमा सङ्घ विश्वस्त रहेको बताएका थिए। रासस

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: