नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली रुटमा दैनिक दुई उडान भर्ने


काठमाडौं । राष्ट्रिय धवजाबाहक नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली रुटमा उडान संखया थप गर्ने भएको छ। हाल हप्ताको ११ वटा उडान गर्दै आएको निगमले पुष ५ गतेबाट दैनिक दुईवटा उडान भर्ने निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले जानकारी दिए।

हप्तामा थप भएका तीन वटै उडान बेलुका पाँचबजेको सेड्युलमा रहने शर्माले बताए। बिहान ८ः०० बजे र साँझ ५ः०० बजे निगमले दिल्लीको लागि काठमाडौंबाट उडान भर्दै आएको छ।

दिल्ली रुटमा निगमले सबैभन्दा राम्रो ब्यापार गरेकोले पनि उडान थपको प्राथमिकतामा उक्त गन्तव्य परेको अधिकारीहरुले बताएका छन्।

निगमले दिल्ली उडानमा बलियो उपस्थिति जनाउन थालेपछि विदेशी एयरलाइन्सहरुको हिस्सा पनि घट्दै गएको निगमका अधिकारीहरुको आँकलन रहेको छ।

सन् २०१५ मा दुइवटा एयरवसका वाइड बडी विमान खरिद गरेको निगमले विभिन्न आठ स्थानमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। यसले हाल भारतका तीनवटा सहर, कतारको दोहा, दुबई, मलेसिया, बैंककमा अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको छ।

यसैबीच निगम काठडमाडौंलाई उद्गम गन्तव्य बनाएर अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्समध्ये सबैभन्दा धेरै यात्रु बोक्ने दोस्रो एयरलाइन्स बन्न सफल भएको पनि छ।

अघिल्लो वर्षको पहिलो ६ महिनाको तुलनामा यो वर्ष निगमको त्यस्तो ‘प्याक्स अकुपाई’ ९० प्रतिशतले बृद्धि’ भएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सन् २०१६ को पहिलो ६ महिनामा नेपाल वायुसेवा निगमले कूल १ लाख ७८ हजार ७ सय ९९ यात्रुलाई सेवा दिएको थियो।

निगमले अघिल्लो वर्षको यही अवधिमा जम्मा ९४ हजारमात्र यात्रु बोकेको थियो।  पहिलो नम्बरमा भने कतार एयरवेज रहेको छ। जसको अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बृद्धि भएको यात्रुहरु १ लाख ८७ हजार बोक्न सफल भएको छ।

निगमको सबैभन्दा बढी बृद्धि काठमाडौं–नयाँ दिल्ली गन्तव्य यात्रुहरुको बृद्धि भएको छ। जसबाट अन्य एयरलाइन्सहरुको हिस्सा घटेको छ भने निगमको बढीरहेको छ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...