तामिलनाडुकी मुख्यमन्त्रीलाई ‘हर्ट अट्याक’, अवस्था गम्भीर


काठमाडौं । तामिलनाडुकी मुख्यमन्त्री जयललितालाई हृदयघात भएको छ ।  उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

आइतबार राति जयललितालाई हृदयघात भएसँगै चेन्नाइको अपोलो अस्पताको आइसीयूमा उपचार भइरहेको छ ।

जयललिता स्वास्थ्यमा समस्या आएपछि २२ सेप्टेम्बरदेखि अस्पतालमा उपचाररत थिइन् । चेन्नाइको अपोलो अस्पताल बाहिर उनका शुभेच्छुक र शुभचिन्तकको भिड लागको छ । र, सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

तामिलनाडुका गभर्नरको कार्यभार समाल्न लागेका विद्यासागर राव रातिनै अस्पताल पुगे । जयललिताको मन्त्रीमण्डलका लगभग सबै सदस्य राति नै अस्पताल पुगेका छन् ।

अस्पतालका प्रवंन्धक संगीता रेड्डीले अस्पतालका डाक्टर मुख्यमन्त्रीको उपचारलाई विशेष ध्यानमा राखेर हरसंभव प्रयास गरिरहेको बताइन् ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...