​मानसिक स्वास्थ्यको राष्ट्रिय अभियान बोहाेाेराटारमा

  • गलत धारणा एवं अन्धविश्वासलाई चिर्न सकिनेेमा विश्वस्त पार्ने प्रयाश

  • अन्तराष्ट्रिय अपाङ्गता दिवस २०७३ को अवसर पारेर

    मानसिक एवं मनोसामाजिक सुस्वास्थयको राष्ट्रिय अभियानले काठमाडौंको तारकेश्वर १० बोहाेराटारमा जनचेतनामूलक कार्यक्रम गर्नुका साथै निशुल्क मनोपरामर्श सेवा प्रदान गरेको छ ।

    नेपालमा मानसिक एवं मनोसामाजिक स्वास्थ्य प्रतिको अज्ञानता, विभिन्न गलत धारणा एवं अन्धविश्वासलाई चिर्दै मानसिक एवं मनोसाजिक रुपमा स्वस्थ र समृद्ध समाज निर्माण गर्ने लक्ष्यका साथ अभियानको थालनी गरिएको थियो । विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर स्वास्थ्य मन्त्री मा.गगन कुमार थापाले गत असोज २० गते अभियानको सुभारम्भ गरेका थिए । अभियानले नेपालका विभिन्न जिल्लाहरुमा विविध किसिमका चेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ । अभियान नेपालका ७५ ओटै जिल्लामा संचालन हुने बताउँछन् अभियानका राष्ट्रिय संयोजक तथा मनोविद् गोपाल ढकाल । यश अभियानले यस भन्दा अगाडी पनि काठमाडौंका विभिन्न ठाउँहरुमा धेरै पटक यस किसिमकाा मानसिक स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रम, मनोपरामर्श सेवा तथा निशुल्क स्वास्थ्य सिविरको संचालन गरिसकेको छ ।

    Comment

    Related News 

    © 2016 All right reserved to

    %d bloggers like this: