गजल ः जितेकी छौ मलाई प्यार गरेर ।


यो मनमा तिमी सवार गरेर

जितेकी छौ मलाई प्यार गरेर ।

 

,,, छरपस्ट थियो मनसँगै माया

जोगायौ माया छेक बार गरेर ।

 

,,, सिकायौ सार तत्व यो जिन्दगीको

दोभानमा भेट लगातार गरेर ।

 

,,, फुलायौ फलायौ विरुवा प्रितीको

आहा ! कति मीठो स्याहार गरेर ।

 

,,, दासी बन्यो मन तिम्रो अघिपछि

मनै लोभ्याउने श्रृंगार गरेर ।

 लेखक स्याङ्जा स्थित अर्जुनचौपारी गाउँपालिका -३ का स्थायी बासिन्दा हुन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: